देवदह नगर प्याब्सनको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

देवदह // देवदह नगर प्याब्सनको पद हस्तान्तरण तथा पहिलो बैठक सम्पन्न भएको छ । देवहह नगर प्याब्सनका अध्यक्ष बोधराज गौडेलको अध्यक्षता र प्याब्सन रुपन्देहीका उपाध्यक्ष तथा प्रमुख सल्लाहकार एक नारायण काफ्लेको प्रमुख आतिथ्यतामा उक्त पद हस्तान्तरण तथा बुझबुझारथ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नयाँ कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिंदै प्रमुख अतिथि काफ्लेले हालसम्म प्याब्सन देवदहले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै अहिले देखिएका चुनौतिहरुको सामना गर्न संगठन अझ बजबुत भएर अगाडि लाग्नुपर्ने बताउनु भयो । त्यसैगरी निवर्तमान अध्यक्ष बोधराज गौडेलले संगठनलाई सही मार्गमा डोर्याउनको लागि आफुले अभिभावकको भूमिका निर्वाह गर्ने बताउनु भयो । त्यसैगरी नव निर्बाचित समितिको पहिलो बैठक अध्यक्ष राम बहादुर गुरूङको अध्यक्षतामा बसी विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्याब्सन देवदहको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष बोधराज गौडेल, बरिष्ठ सल्लाहकारमा एक नारायण काफ्ले तथा सल्लाहकारमा महेश पराजुलीलाई मनोनित गरेको छ । त्यसैगरी बैठकले यस शैक्षिक सत्रमा गर्ने विभिन्न कार्य योजनाहरु प्रस्तुत गर्नुको साथै बैठक सञ्चालन आचार संहिता निर्माण गर्ने समेत निर्णय गरेको छ ।सचिव कृष्ण प्रसाद गैरेको सञ्चालन र कोषाध्यक्ष टिकाराम चापागाईको धन्यवाद ज्ञापनमा बैठक सम्पन्न भएको थियो ।

बिज्ञापन

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा