देवदह नगर अस्पताल स्थापनाको दोस्रो वर्ष पुरा : ३१ हजार बढीले लिए सेवा

बिज्ञापन

देवदह । देवदह नगर अस्पतालबाट स्थापना भएको २ वर्ष पूरा भएको छ। २०७९ असोज १० गतेदेखि सेवा दिन थालेको देवदह नगर अस्पतालले दुई वर्षको अवधीमा झण्डै ३१ हजार बढी सर्वसाधारणलाई सेवा दिएको छ। २०७९ असोजदेखि २०८० असोजसम्म १४ हजार विरामिको सेवा दिएको अस्पतालले २०८०/०८१ मा १६ हजार ८७७ जना विरामीलाई सेवा दिएको हो।

बिज्ञापन

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले नगरपालिकाले स्थापना गरेको नगर अस्पतालबाट स्थानीय लाभान्वित भएको बताउनुभयो।

देवदह नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको र पछिल्लो समय रोकिएको अस्पतालको भौतिक संरचना निर्माणलाई समेत तीव्रताका साथ अगाडी बढाइएको बताउनुभयो।

बिज्ञापन

अस्पतालका प्रमुख डा. संज्ञा सेनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आधारभुत अस्पतालले दिने सेवा अन्तर्गत ईमरजेन्सी विभागबाट आ.ब.२०८०/८१ मा दम, उच्च रक्तचाप कारण जोखिम भएका, सुगरको मात्रा न्युन भएका, सडक दुर्घटना भएका बिरामी १०२० जना सेवा प्रदान गरिएको छ। भर्ना गरि ३८८ जना बिरामीहरुलाई सेवा दिएको छ। खोप कार्यक्रम अन्तर्गत १९४५ जना, पोषण कार्यक्रम अन्तर्गत १९५७ जना, मातृशिशु कार्यक्रम अन्तर्गत गर्भवती जाँच सेवा ३५७ जना, प्रसुति सेवा १५१ जना, सुरक्षित गर्भपतन १२३ जना, प्रयोगशाला विभाग अन्तर्गत ५३४० जना, एल्ट्रासाण्ड सेवा अन्तर्गत ७४५ जना, क्षयरोग कार्यक्रम अन्तर्गत ३१ जना, कुष्ठरोग कार्यक्रम अन्तर्गत ६ जना, ओ.पि.डि. सेवा अन्तर्गत ७५०८ जना सेवाग्राहीहरुलाई सेवा प्रदान गरिएको छ। आ.ब.२०८०-८१ मा नगर अस्पतालबाट जम्मा १६८७७ जनालाई सेवा प्रदान गरिएको डा.सेनद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ।

कार्यक्रममा उपप्रमुख विद्या लक्ष्मी गुरुङले नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिएर नगर अस्पताल स्थापना गरिएको र हाल सेवा विस्तार गरि रेविज बिरुद्धको खोप सेवा, भिडियो एक्सरे, एक्सरे सेवा, बिमा प्रथम विन्दु सेवा, वृद्धि गरिएको उल्लेख गर्नुभयो ।नगर अस्पताल चुस्तदुरुस्त रुपमा संचालन गर्नु सबै देवदह वासीको दायित्व रहेको उपप्रमुख गुरुङको भनाई थियो। कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष केशव भट्टराई, नगर प्रबक्ता गणेश डुम्रे लगायतले बोल्दै अस्पताल स्थापना भएपछि नागरिकको उपचारमा सहजता भएको बताउनुभयो ।

साविकको देवदह स्वास्थ्य चौकीको भवनमा पूर्वाधार थपेर सञ्चालन गरिएको नगर अस्पताल रुपन्देहीको पूर्वी क्षेत्रका सर्वसाधारणको लागी सहज भएको छ। अस्पतालले स्वास्थ्य विमाको प्रथम विन्दुको रुपमा समेत सेवा दिईरहेको छ ।

देवदह नगरपालिकाद्वारा संचालित देवदह नगर अस्पतालको स्थापना दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य जाँच , नि:शुल्क औषधि वितरण कार्यक्रमको आयोजना गरेको छ।

सम्बन्धित खवर

जीप दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु

लुम्बिनी पानाको ‘पर्यटन विशेष विशेषाङ्क’ सार्वजनिक

प्रथम बुद्ध मावली क्रिकेट कप ; चुरे शिखर क्रिकेट क्लब दोश्रो चरण प्रवेश

प्रथम बुद्ध मावली क्रिकेट कप; टटेरा व्याईज र देवदह आदर्श विजयी

प्रथम बुद्ध मावली क्रिकेट कप; आयोजकलाई १४८ रनले हराउदै काठमाडौं क्यापिटलस् विजयी

हिमालयन लाईफ ईन्स्योरेन्सद्धारा बिमा रकम हस्तान्तरण

परिस्थितीलाई दोष दिएर सहकारीका समस्या समाधान नहुने : अध्यक्ष ढकाल

प्रथम बुद्ध मावली क्रिकेट कप ; तेश्रो दिनको खेलमा आयोजक र रोयल वारियर्स विजयी