देवदह नगरपालिका -८ मा वडा स्तरीय बाल सञ्जाल गठन

रुपन्देही। रुपन्देहीको देवदह नगरपालिका -८ मा वडा स्तरीय बाल सञ्जाल गठन गरिएको छ । भेलाबाट स्पर्श राईको अध्यक्षतामा १५ सदस्य बाल संजाल गठन भएको हो ।

संजालको उपाध्यक्षमा प्रतिज्ञा डिसुजा , सचिवमा कृतिमा थापा, कोषाध्यक्षमा स्वेता घर्ती मगर र सह सचिबमा अनिषा सारु रहेका छन ।साथै सदस्यहरुमा विपिन भण्डारी, शिवानी सेन, समिक्षा काफ्ले, मिलन श्रेष्ठ, अभ्शा वली, ज्ञानुमाया सुनार, रोशनी राना निर्वाचित भएका हुन् । वडा बाल सञ्जालको संरक्षक वडा अध्यक्ष हरि पाण्डे र सल्लाहकार वडा सचिब राम प्रसाद शर्मा रहेका छन् ।कार्यक्रमका अध्यक्ष तथा देवदह नगरपालिका – ८ का वडा अध्यक्ष हरि पाण्डेले नव निर्वाचित वडा बाल संजाललाई वडा र आफ्नो व्यक्तिगत तर्फबाट बालबालिकाको क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । साथै कार्यक्रममा बोल्दै नेपाल बाल संगठन रुपन्देही जिल्ला कार्यसमिति सदस्य सुरज भट्टराईले बाल सञ्जाललाई समाज परिवर्तनको अभियानमा सहयोगी बन्न सुझाव दिनुभएको थियो।

कार्यक्रममा जनप्रतिनिधि, शिक्षकहरु र विद्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रम देवदह नगरपालिका वडा नं ८ का वडा सदस्य तथा न्यायिक समिती सदस्य कुन्ता खाम्चा मगरको स्वागत र वडा सचिब राम प्रसाद शर्माको सञ्चालनमा भएको थियो।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल