देवदह नगरपालिकाले फोहोर वर्गीकरण अभियान सुरु गर्ने

बिज्ञापन

देवदह । देवदह नगरपालिकाले आगामी मङ्सिर १ गते देखी फोहोर वर्गीकरण अभियान सुरु गर्ने भएको छ। नगरपालिकाले सोमबार पालिकाको सभाहलमा एक कार्यक्रमका बिच नगरभित्र उत्पादन हुने फोहोरलाई घर घरमै वर्गीकरण तथा व्यवस्थापन गर्न फोहोर वर्गीकरण अभियानको घोषणा गरेको हो।

बिज्ञापन

कार्यक्रमको सहजीकरण गर्दै देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले दैनिक रुपमा निस्कने फोहोरलाई कुहिने, नकुहिने र शिसाजन्य फोहोरमा वर्गिकरण गरी घरमा नै व्यवस्थापन गर्न सकिने फोहोर घरमै व्यवस्थापन गर्ने र घरमा व्यस्थापन गर्न नसकिने फोहोर मात्र संकलन केन्द्रमा लगेर व्यवस्थापन गरि फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न फोहोर वर्गिकरण अभियान सुरु गरिएको बताए। अभियान सफल बनाउन देवदहमा रहेका सामुदायिक वन, संघ संस्था, राजनीतिक दल, विद्यालय, खानेपानी संस्था, बैंक, वित्तीय संस्था एवं सहकारी र सर्वसाधारण सङ्ग सहकार्य गरिने अधिकृत सापकोटाले जनाए।

देवदह गरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले घरमा उत्पादन हुने फोहोर ३ प्रकारले वर्गीकरण गरी संकलन गरेर व्यवस्थापन गर्ने अभियानको उद्देश्य रहेको बताए । घरमा उत्पादित फोहोरमध्ये कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रेरित गर्दै कौशी खेती वा करेसाबारीमा सदुपयोग गर्न र पुनः प्रयोग हुने फोहोरलाई बिक्री गरी आम्दानी गर्ने र फाल्नैपर्ने फोहोरलाई छुट्टै संकलन गरी ल्याण्ड फिल्ड साइडमा व्यवस्थापन गरिने गरि अभियानको सुरुवात गरिएको नगर प्रमुख खरेलको भनाई थियो ।

बिज्ञापन

नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङलेले फोहोर व्यवस्थापन चुनौतीको रुपमा रहेको र अब यसलाई नगरवासी सङ्गको सहकार्यमा अभियानका रुपमा संचालन गरि व्यवस्थित गर्न लागिएको बताए । कार्तिक महिना भरी फोहोर वर्गीकरण अभियानका विषयमा बैठक, प्रचारप्रसार, अन्तक्रिर्या, अनुगमन गरि मंसिर १ गतेबाट कडाईका साथ कार्यान्वयनमा लैजाने उपप्रमुख गुरुङको भनाई थियो ।

मंगलबार भएको बैठकले फोहोर वर्गीकरण मापदण्ड तयार गरी स्वीकृत गर्ने र फोहोर वर्गीकरणका लागि १ महिने तालिका समेत सार्वजनिक गरेको छ । तालिकामा सूचना तयार, माइकिङ, प्रशिक्षण, टोल विकास संस्था सङ्ग सहकार्य, फोहोर वर्गीकरण सम्बन्धि घरदैलो अभियान आदि विषय समावेश गरिएको छ ।

बैठकमा सामुदायिक वन, संघ संस्था, राजनीतिक दल, विद्यालय, खानेपानी संस्था, बैंक, वित्तीय संस्था एवं सहकारी लगायत संस्थाको प्रतिनिधिको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै