Search
Close this search box.
Search
Close this search box.

देवदह नगरपालिकामा सहकारी सञ्जाल गठन, अध्यक्षमा जागेश्वर पंगेनी

बिज्ञापन

रुपन्देही // रुपन्देहीको देवदहमा नगर स्तरीय सहकारी सञ्जाल गठन गरिएको छ । सोमबार भएको भेलाले जनउत्थान दुध उत्पादक सहकारी संस्थाका जागेश्वर पंगेनीको अध्यक्षतामा ९ सदस्यीय सञ्जाल गठन गरेको जिल्ला सहकारी संघले जनाएको छ ।

बिज्ञापन

सञ्जालको उपाध्यक्षमा पानबारी बाख्रा पालन सहकारी संस्थाका मायादवी सापकोटा, सचिवमा मुल्यवान साकोषका गोबिन्द ठडराई, कोषाध्यक्षमा अनुग्रह कृषि सहकारी संस्थाका डिल्ली प्रसाद खनाल र सदस्यहरुमा शान्तिनगर दुध उत्पादक सहकारी संस्थाका शिव प्रसाद काफ्ले, निर्माण बहुउद्देश्यीय सहकारी संस्थाका प्रेमकला ढकाल, आफन्त साकोषका पार्वती न्यौपाने, संगिनी महिला साकोषका ज्ञान कुमारी खडाल र शुभ सफल दुध उत्पादक सहकारी संस्थाका सूर्यकान्त रेग्मी रहेका छन् ।

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको उप प्रमुख विद्या लक्ष्मी गुरुङले सञ्जालले पालिका भित्र सञ्चालित सहकारी संस्थाहरुका बीच समन्वय गरी सहकारीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तथा पालिका सरकारसँग समन्वय गरी सहकारी बिच एकरुपता ल्याउनु पर्नेमा जोड दिनुभयो । साथै नव निर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

बिज्ञापन

कार्यक्रममा देवदह नगरपालिकाका शिक्षा साखा प्रमुख टिकाराम शर्मा, जिल्ला सहकारी संघका महासचिव दामोदर पंगेनी, पुर्व सहकारी बिकास बोर्डका प्रकाश अर्याल, देवदह नगर स्तरीय सहकारी सञ्जालका अध्यक्ष जागेश्वर पंगेनी, मुल्यवान साकोषका गोबिन्द ठडराई लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो।

कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष भिम तुलाचनको अध्यक्षता, जिल्ला सहकारी संघका उपाध्यक्ष टिका न्यौपानेको स्वागत र संचालक समिति सदस्य मोतिलाल ढकाको सञ्चालनमा सम्पन्न भएको थियो।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.वि ‘स्वर्णीम खेल महत्सव’ सुरु

कोलुवा कृषि सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न 

कोलिय स्काउट दलको दिक्षान्त समारोह सम्पन्न

देवदह प्रिमियर लिग (डिपीएल)को उपाधी पाकडी प्यान्थर्सलाई

चर्को स्थानीय ‘कर’प्रति विरोध, कर समायोजनको विषय नगरसभामा लैजाने सहमति पछि आन्दोलन स्थगित

देवदह प्रिमियर लिग (डिपीएल) : खैरेनीलाई हराउदै शित्तलनगर फाईनल प्रवेश

नेपालको समृद्धि र चेतना: सुधारका लागि शिक्षा, स्वास्थ्य र राजनीति- निता भण्डारी

देवदह प्रिमियर लिग (डिपीएल) : टटेरालाई हराउदै खैरेनी सेमीफाईनल प्रवेश