देवदह नगरपालिकामा तेह्राै नगर सभाको पहिलाे बैठक सम्पन्न

बिज्ञापन

देवदह। देवदह नगरपालिकाको तेह्राै नगर सभा-२०८० अन्तरगतकाे पहिलाे बैठक सम्पन्न भएको छ ।

बिज्ञापन

नगर प्रमुख धुव्रप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न भएको तेह्राै नगर सभाको प्रथम बैठकले बाह्राैं नगर सभाले पारित गरेको योजना शंसोधन गरेको हो ।

बैठकले वडाअध्यक्षहरुले विविध विषयमा राखेको बजेटलाई समेत योजनामा रुपान्तरण गर्दै पारित गरेको छ । आर्थिक बर्ष २०८०/०८१ को लागि बाह्राैं नगर सभाबाट पारित गरिएको ८१ लख ५० हजार बरावरको योजनाको शिर्षक संशोधन गरिएको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिनु भयो ।

बिज्ञापन

नगर सभामा संशोधित योजना नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले प्रस्तुत गर्नु भएको थियो । बाह्राैं नगर सभाबाट पारित गरिएको योजनाहरु समयमै सम्पन्न गर्ने गरी योजनाको शिर्षक परिवर्तन गरिएको जानकारी दिनु भयो ।

नगर सभाको बैठकले केही योजनाहरुको रकमान्तर गरिएको छ । यता नेपाली काग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर सभा सदस्यहरुले भने तेह्राै नगर सभा बहिष्कार गरेको छ । नगर सभामा गणपुरक संख्या पुगेपनि नेपाली काग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित नगर सभा सदस्यहरुले तेह्राै नगर सभा बहिष्कार गरेको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिनु भयो ।

कार्यपालिका बैठकमा नगर खेलकुद विकास समितिको संयोजक तोक्ने विषयलाई लिएर नगर सभा बहिष्कार गरेको उहाले जानकारी दिनु भयो । नगरपालिकाका अधिकृत गंगाप्रसाद पन्थीको संचालनमा प्रथम बैठक सम्पन्न भएको हो ।

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै