देवदह नगरपालिकाद्वारा बजार अनुगमन : म्याद नाघेका सामान जफत गरी नष्ट

तिलोचन दहाल, देवदह // रुपन्देहीको देवदह नगरपालिकाले बजार अनुगमन गरेको छ। बजार अनुगमन समितिका संयोजक कृष्ण प्रसाद अधिकारीको नेतृत्व बजार अनुगमन गरिएको हो।

देवदह नगरपालिका वडा नं. १२ शंकरपुर र देवदह नगरपालिका वडा नं. १ ढेकावर बजारमा अनुगमन गरिएको देवदह नगरपालिकाका प्रशासकीय अधिकृत एवं बजार अनुगमन समितिका सदस्य सचिव गंगा प्रसाद पन्थीले बताउनु भयो। १० वटा खाद्यन्न पसलको अनुगमन गर्दा उपभोग्य मिति सकिएका तथा लेवल नभएका बिस्कुट, चाउचाउ, किसमिस, भुजा, कोकाकोला लगायतका सामाग्री जफत गरी नष्ट गरिएको बजार अनुगमन संयोजक अधिकारीले बताउनु भयो। यस अघिको अनुगमनमा म्याद नाघेका लेवल नभएका समाग्री बिक्री वितरण नगर्न अनुरोध गरिएको थियो। साथै मूल्य सुची राख्न र व्यवस्थित तरिकाले सामाग्री राख्न आग्रह अर्दा समेत वेवास्था गरिएको कारण यस पटक सामाग्री जफत गरी नष्ट गरिएको अधिकारीले बताउनु भयो।

१० वटा पसलको अनुगमन गर्दा १० वटै पसलमा उपभोग्य मिति कटेका सामाग्री भेटाईएको थियो। यस पटक म्याद केटेका र लेबल नभएका सामाग्री बरामद गरी नष्ट गरिएको र मर्यादित ब्यापार गर्न तथा मूल्य सुची अनिवार्य राख्न आग्रह गरिएको अधिकारीले बताउनु भयो। अव फेरी अर्को चरणको बजार अनुगमन गर्दा म्याद नाघेका सामाग्री बिक्री गर्ने ठाँउमानै राखेर व्यापार गरेको वा मुल्य सूची र लेबल नभएका सामाग्री राखिएको वा बिल नभएका सामाग्री भेटाईएमा सामाग्री जफत गर्नको साथै जरिवाना समेत गरिने संयोजक अधिकारीले बताउनु भयो।

बजार अनुगमनमा अनुगमन समितिका संयोजक तथा सदस्यहरु, नगर प्रहरी, देवदह प्रहरी कार्यालयका प्रतिनिधि, संचारकर्मी, कर्मचारी लगायतको सहभागिता रहेको थियो। बजार अनुगमनलाई निरन्तरता दिने बजार अनुगमन समितिका सदस्य सचिव तथा देवदह नगरपालिकाका प्रशासकीय अधिकृत गंगा प्रसाद पन्थीले बताउनु भयो।

सम्बन्धित खवर

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त