देवदह // रुपन्देहीको देवदह नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछिका १ सय दिनको उपलब्धि सार्वजनिक गरेको छ ।
नगरपालिकाले बुधबार निर्वाचित जनप्रतिनिधिको कार्यकालको एक सय दिनको कार्यक्रम आयोजना गरी प्रगति विवरण सार्वजनिक गरेको हो । विवरणमा स्थानीय सरकारले गरेका ६० वटा काम समेटिएको छ।
सम्मेलनमा देवदह नगरपालिकाको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, उपसचिव तथा सूचना अधिकारी टिकाराम शर्मा तथा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रम नगरप्रवक्त तथा देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रेको सञ्चालनमा भएको थियो।
नगरप्रमुख धुब्र प्रसाद खरेलले एक सय दिनको प्रगति विवरण प्रस्तुत गर्नुभएको हो
१. सबै कर्मचारीहरु कार्यालय समयमै उपस्थित भै सेवा प्रवाहको कार्य प्रारम्भ गर्नु अगाडी राष्ट्रिय गानमा सहभागी हुने नविनतम कार्यको थालनी गरिएको ।
२. स्थानीय सरकार संचालन ऐन, २०७४ ले तोकेको समयमै नगरसभा सम्पन्न भएको ।
३. देवदह नगरपालिका वा सो अन्तर्गतका कार्यालयलाई प्रविधि मैत्री बनाई अभिलेख व्यवस्थापन तथा सेवा प्रवाह चुस्त दुरुस्त बनाउनको लागि तपशिल बमोजिमका कार्यको प्रक्रिया अगाडी बढाईएको ।
क. नगर कार्यपालिकाको कार्यालयमा डिजिटल डिस्प्ले सहितको नागरिक वडा पत्र
ख. डिजिटल प्रोफाइललाई अद्यावधिक गरि डिजिटल हाउजिङ्ग नम्बरिङ्ग कार्य
ग. सबै वडा कार्यालयमा CCTV जडान गर्ने कार्य ।
घ. Office Automation System जडान गर्ने कार्य
ङ. Geospatial Based Planning (GI Based Periodic Plan) कार्य अगाडी बढाईएको ।
च. भौतिक प्रगति सफ्टवेयरको कार्य अगाडी बढाईएको
छ. TODO software (PBIS) को कार्य अगाडी बढाईएको
ज. VPN Setup को कार्य अगाडी बढाईएको
झ. Road Network को कार्य अगाडी बढाईएको ।
ञ. चेक विस्थापित गरी भुक्तानी प्रक्रियालाई सहज बनाउनको लागि EFT (Electronic Fund Transfer) प्रक्रिया सुचारु गरिएको
ट. राजश्व E-Payment को कार्य अगाडी बढेको ।
ठ विरामी दर्ता प्रणाली सफ्टवेयरको खरीद प्रक्रिया अगाडी बढेको
ड. अपाङ्ग तथा जेष्ठ नागरिक परिचय पत्र वितरण सफ्टवेयरको खरीद प्रक्रिया अगाडी बढेको
ढ. नागरिक तथा आम जनताको गुनासो सुनी समस्याको समाधान गर्न कल सेन्टर (Hello Mayor) को कार्य अगाडी बढेको ।
ण. जनप्रतिनिधी तथा कर्मचारीहरुको नाम सहितको डिजिटल डिस्प्ले वडा पत्रको कार्य ।
त. राजश्व सुधार कार्ययोजना ।
थ. कार्यपालिका मिटिङ्ग (Executive Meeting) सफ्टवेयर को कार्य ।
द. हेल्प डेस्क स्थापना गरिएको ।
४. नगर प्रवक्ता तोकिएको ।
५. देवदह नगरपालिकाको माटो प्रति सम्मान, ऐतिहासिक, धार्मिक, साँस्कृतिक, प्राकृतिक, भौगोलिक एवं समग्र देवदह नगर क्षेत्रको पहिचान र विविधता झल्किने आधारमा नगर गान तथा नगर प्रतिक चिन्ह (लोगो) निर्माणको लागि सूचना जारी गरिएको ।
६. देवदह नगरपालिकाका स्वास्थ्य संस्था र सो अन्तर्गत कार्यरत कर्मचारीहरुलाई २० प्रतिशत प्रोत्साहन भत्ता दिइदै आएकोमा उक्त प्रोत्साहन भत्ता घटाई कार्यसम्पादन मूल्याङ्कनमा आधारित रही १० देखि १५ प्रतिशत मात्र प्रोत्साहन उपलब्ध गराउने निर्णय गरिएको ।
७. देवदह नगरपालिकाका नगर कार्यपालिका र वडा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई २० देखि ४० प्रतिशत प्रोत्साहन भत्ता दिइदै आएकोमा उक्त प्रोत्साहन भत्ता घटाई कार्यसम्पादन मूल्याङ्कनमा आधारित रही २० देखि २५ प्रतिशत मात्र प्रोत्साहन उपलब्ध गराउने निर्णय गरिएको।
८. नगरपालिकाबाट सञ्चालन गरिने पूर्वाधार निर्माण लगायत अन्य विकास आयोजनाका काममा गुणस्तरियता र दिगोपना कायम गर्न गुणस्तर परीक्षण प्रयोगशाला स्थापनाको प्रक्रिया अगाडी बढाईएको ।
९. विपद् सम्बन्धी घटना घट्नु अगावै सोको जानकारी प्राप्त गर्ने र विपद्को घटना घटि सकेपछि समयमै उद्दार, राहत लगायतका विपद्जन्य कार्यको प्रभावकारी व्यवस्थापन गर्न विपद् पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना र स्थानीय विपद् तथा जलवायू उत्थानशील योजना (Local Disaster and Climate Resilience Plan (LDCRP) को प्रकृया अगाडी बढाईएको ।
१०. ८ वर्ष अघि वडा नं ७ स्थित शित्तलनगरमा रहेको सोमबारे हाटबजारमा निर्माण भएको सार्वजनिक शौचालय मिति २०७९/०५/०६ मा नगर प्रमुख तथा नगर उपप्रमुखको समुपस्थतिमा उक्त सार्वजनिक शौचालय सर्वसाधारणको लागि निःशुल्क रुपमा प्रयोग गर्न पाउने गरी संचालन ल्याईएको ।
११. नगर क्षेत्र भित्र देखिएको विद्युतको समस्यालाई समाधान गर्न ट्रान्सफर्मर मर्मत गर्ने लगायतका – कामहरु भै रहेको र सोको लागि नेपाल विद्युत प्राधिकरण, बुटवल शाखालाई बजेट समेत उपलब्ध गराईएको ।
१२. देवदह – ९ भलुही, देवदह-५ खैरेनी मा सार्वजनिक घुम्ती शौचालय संचालनमा ल्याउन प्रक्रिया अगाडी बढाईएको
१३. कोभिड महामारीको समयमा बन्द भएको वडा नं. ७ स्थित शित्तलनगरको हाटबजार संचालनमा ल्याईएको ।
१४. देवदह नगर अस्पताल दशैंको घटस्थापनाको दिनमा संचालनमा ल्याउने गरी तयारी भैरहेको ।
१५. देवदह नगरपालिकाका सम्पूर्ण वडाहरुमा डेंगु बारे सचेतनामूलक कार्यक्रम संचालन गरिएको ।
१६. स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत पहिलो चरणमा महिला स्वास्थ्य स्वयंसेविका, सरसफाईकर्मी रख वर्गका अपाङ्गहरुको निःशुल्क स्वास्थ्य विमा गर्ने कार्य प्रक्रिया अगाडी बढाईएको ।
१७. सिक्टहन स्वास्थ्य चौकीमा गर्भवतीका लागि Rural Ultrasound Service सुरु गर्न लागिएको
१८. १५ देखि २३ महिनासम्मका बालबालिकाहरुको पूर्ण खोप घोषणा गरिएको ।
१९. महिला स्वास्थ्य स्वयंसेविकाहरुको बेसिक र रिफ्रेसर तालिम, छाला रोग, मधुमेह र मृगौला रोग सम्बन्धि शिविर संचालन गरीएको ।
२०. हरेक वडामा घटना दर्ता सम्बन्धी दर्ता शिविर सम्पन्न भएको
२१. हरेक वडामा राष्ट्रिय परिचय पत्रको फारम भर्न काम सम्पन्न भएको ।
२२. भ्यागुते तथा चरचरे रोग विरुद्धको निःशल्क खोप कार्यक्रम संचालन गरिएको ।
२३. पशु स्वास्थ्य उपचार सेवा उपलब्ध गराईएको ।
२४. नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रम संचालनमा ल्याईएको ।
२५. पशु प्रयोगशाला संचालनमा ल्याई निःशुल्क नमुना परीक्षण गरीएको ।
२६. किसान सूचीकरण गर्ने कार्य प्रारम्भ भएको । २७. कृषि संकलन केन्द्र मार्फत उत्पादनमा आधारित तरकारीमा प्रति किलो रु. ५/- अनुदान दिइएको ।
२८. भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको जग्गा नापजाँच कार्य अन्तर्गत वडा नं. ९ को जग्गा नापजाँच कार्य सम्पन्न भै प्रमाणीकरण गरि ७८ परिवारको विवरण आयोगमा हस्तान्तरण समेत भई जग्गाधनी पूर्जा तयार भएको । वडा नं. ५, ६, ७ र १० मा स्वीकृत ब्लकहरुमध्ये केही सिटको जग्गा नापजाँच पुरा गरि सूचना प्रकाशन, प्रमाणीकरणको कार्य अगाडी बढेको ।
२९. वडा नं. ३ र ८ मा जग्गा नापजाँच कार्यको लागि १११ वटा नियन्त्रण विन्दु स्थापना भई नापजाँचको लागि ब्लक प्रमाणित गरी आयोगमा स्वीकृतका लागि पठाउने प्रक्रिया अगाडी बढाईएको
३०. भूउपयोग ऐन, २०७६ र भू उपयोग नियमावली २०७९ बमोजिम जग्गाको क्षेत्र वर्णीकरण एवं भूउपयोग योजना तयार गर्नको लागि प्रक्रिया अगाडी बढाईएको छ ।
३१. भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको लगत संकलन गरिएको भएतापनी अझै केही व्यक्ति तथा परिवारहरु विविध कारणले फारम भर्न असमर्थ भएको हुनाले छुटेका व्यक्ति तथा परिवारहरुको निवेदन फारम संकलन गर्नको लागि राष्ट्रिय भूमि आयोगबाट यस नगरपालिकाको लागि लगत संकलन सम्बन्धी सुचना प्रकाशन गर्न अनुरोध गरिएको ।
३२. लुम्बिनी बौद्ध विश्वविद्यालय र देवदह नगरपालिका बीच हुने MOU ( समझदारी पत्र ) मा हस्ताक्षर गरीएको
३३. देवदह नगरपालिकाको वडा नं. १, २, ११ र १२ को शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देवदह नगरपालिकाको वडा नं. १ को ६ नं. चोकमा अस्थायी प्रहरी चौकी स्थापनाको लागि जिल्ला सुरक्षा समिति, सिफारिस गरिएको ।
३४. देवदह बासीलाई स्वच्छ गुणस्तरयुक्त खानेपानी तथा ढल निकासको उपलब्धता गराउने उद्देश्यले सम्भाव्यता अध्ययनको लागि खानेपानी तथा ढल निकास विभाग, पानीपोखरी, महाराजगंज काठमाण्डौमा सिफारिस गरिएको र सो सम्बन्धी आवश्यक कार्य प्रक्रिया अगाडी बढेको
३५. यस विभिन्न वडा कार्यालय मार्फत आ.व. २०७९/०८० का लागि बेरोजगार सूचीकृत हुन आवेदन दिएका १६३ जना व्यक्तिहरुलाई बेरोजगार सूचीमा सूचीकृत गरिएको ।
३६. गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत सम्भाव्य लघु उद्यमीहरुलाई वित्तीय पहुँचका लागि सरोकारवालासँग अन्तरक्रिया तथा व्यवसायिक परामर्शका लागि अध्ययन अवलोकन गराईएको ।
३७. १३ जना लघु उद्यमीहरुलाई व्यवसाय संचालनका लागि व्यवसायिक योजना अनुरुपको प्रविधि हस्तान्तरण गरिएको ।
३८. पर्यटन गुरुयोजना निर्माणको कार्य अन्तिम चरणमा रहेको ।
३९. बजार अनुगमनलाई व्यवस्थित गर्न बजार अनुगमन टोली गठन भएको ।
४०. अटो तथा ई-रिक्सा व्यवस्थित रुपमा दर्ता तथा संचालन लागि कार्यविधि बमोजिमको अटो रिक्सा संचालन तथा व्यवस्थापन समिति गठन गरी दर्ता प्रक्रिया अगाडी बढाईएको।
४१. नेपालको संबिधानको धारा २१७ बमोजिम नगर उपप्रमुख को संयोजकत्वमा न्यायिक समिति गठन भई न्यायिक निरुपणको कार्य भईरहेको ।
४२. आ.व. २०७९/८० का लागि ६७ जना मेलमिलापकर्ता सुचिकृत गरिएको ।
४३. नगरपालिकाका १२ वटै वडामा मेलमिलाप संयोजक तोकी मेलमिलाप केन्द्रहरु बाट मिलमिलापको कार्य भईरहेको ।
४४. यस अवधिमा तपसिल बमोजिमका ३ वटा ऐन तथा ३ वटा कार्यविधि निर्माण गरिएको।
क. देवदह नगरपालिकाको आर्थीक ऐन, २०७९ देवदह नगरपालिकाको विनियोजन ऐन, २०७९
ख. देवदह नगरपालिकाको जलस्रोत उपयोग सम्बन्धी ऐन, २०७९
ग. देवदह नगरपालिकाको अनुगमन तथा सुपरिवेक्षण समितिको कार्यसंचालन कार्यविधि, २०७९
घ. मृगौला प्रत्यारोपण गरेका, डाएलाईसीस गरिरहेका, क्यान्सर रोगि र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई औषधि उपचार वापत खर्च उपलब्ध गराउने सिफारिस समिति कार्यविधि, २०७९
ङ. देवदह नगरपालिकाको स्वास्थ्य संस्थाहरुमा रहेका कर्मचारी प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि, २०७९
च. देवदह नगरपालिकाको टोल विकास संस्था कार्यविधि, २०७५ को दफा ३ को उपदफा ३ मा देहाय बमोजिम संशोधन गरीएको ।
४५. २ विद्यालयमा सूचना तथा संचार प्रविधि ल्याब, २ वटा विद्यालयमा विज्ञान प्रयोगशाला र २ वटा विद्यालयमा पुस्तकालय व्यवस्थापन गरियो ।
४६. कक्षा १-३ को स्थानीय पाठ्यपुस्तक लेखन कार्य पूर्णरुपमा सम्पन्न भई कक्षा १ र २ को छपाई तथा वितरण भईसकेको र कक्षा ४-८ को स्थानीय पाठ्यपुस्तकको लेखन कार्य अगाडी बढेको छ ।
४७. एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (IEMIS) मा सम्पूर्ण विद्यालयहरुको शैक्षिक सत्र २०७९ को तथ्याङ्क अद्यावधिक र अपलोड गरिएको छ ।
४८. आ.व. २०७९/८० को स्वीकृत वार्षिक कार्यकर्मको योजना निर्माण भएको छ ।
४९. शिक्षकको कार्य सम्पादन मूल्याङ्कन कार्य सम्पन्न भएको छ ।
५०. नगर शिक्षा समिति र नगर शिक्षा अनुगमन समिति गठन कार्य भई काम प्रारम्भ भएको छ।
५१. आ.व. २०७९/८० को प्रथम चौमासिकको विद्यालयको निकासाको कार्य प्रारम्भ भएको छ ।
५२. लामो समय देखि रोकिएको बाल संजाल गठनको कार्य शुरु भएको छ । विद्यालय स्तरीय बाल क्लव तथ वडा स्तरीय बाल संजाल गठन भईसकेको र नगरस्तरीय बाल संजाल गठनको काम शुरु भएको छ ।
५३. बाल दिवस विशेष कार्यक्रमहरु तय गरिएको छ
५४. बालमैत्री स्थानीय शासन नगर समिति र बालमैत्री स्थानीय शासन कार्यान्वयन समिति गठन भई कार्य आरम्भ गरेका छन् ।
५५. नगरस्तरीय अपाङ्ग समन्वय समिति गठन गरिएको ।
५६. क, ख र ग वर्गका ७३ जना व्यक्तिहरुलाई अपाङ्गता परिचय पत्र वितरण गरिएको ।
५७. नगर उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत वडास्तरीय तीज गित प्रतियोगिता सम्पन्न भएको । ५८. थारु समुदायको बड्की अत्तवारको अवसरमा स्थानीय विदा दिइएको ।
५९. नगर शिक्षा समिति गठन भएको ।
६०. आयोजनाको गुणस्तर कायम गर्न नगर प्रवक्ता संयोजक रहने गरि आयोजना छानविन समिति गठन भएको ।