रुपन्देही । देवदह नगरपालिका शिक्षा समितिले प्रथम बैठक सम्पन्न गरेको छ। बैठकले देवदह क्षेत्रका विभिन्न शैक्षिक क्षेत्रका विज्ञहरुलाई मनोनयन गरेको छ ।
नगर शिक्षा ऐन २०७४ (पहिलो शंसोधन सहित) को दफा ९ अनुसार देवदह नगरपालिकाको नगर शिक्षा समितिमा सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मध्येबाट झबिन्द्र पाण्डेलाई मनोनयन गरेको छ । त्यस्तै संस्थागत विद्यालय व्यवस्थापन समितिका अध्यक्षमध्येबाट चक्रपाणी तिवारीलाई मनोनयन गरेको छ भने समाजसेवी र शिक्षाविद मध्येबाट मित्रलाल न्यौपाने र रामप्रसाद बि.क. लाई मनोनयन गरेको हो ।
त्यस्तै शिक्षण पेशामा उच्च योगदान गर्ने सामुदायिक विद्यालयका शिक्षक मध्येबाट ऋषीश्वर अर्याल, शिक्षण पेशामा उच्च योगदान गर्ने संस्थागत विद्यालयका शिक्षक मध्येबाट कृष्णप्रसाद पौडेल र नगर शिक्षा अधिकारी टिकाराम शर्मा रहने गरी नगर शिक्षा समिति गठन भएको छ ।
नगर शिक्षा समितिको प्रथम बैठकले नगर शिक्षा ऐन २०७४ (पहिलो शंसोधन सहित) को दफा १४ अनुसारको नगर शिक्षा अनुगमन समिति समेत निर्माण गरेको छ । उक्त अनुगमन समितिमा सेवा निवृत्त शिक्षकमध्येबाट लिलाबल्लभ भट्टराई, संस्थागत विद्यालयका शिक्षक प्रतिनिधि रामबहादुर गुरुङ, लेखा क्षेत्रबाट शिवप्रसाद ढकाल, शिक्षा र बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाका प्रतिनिधि मेनुका न्यौपाने र विद्यालय निरीक्षक परशुराम ढकाल रहेको देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रले जानकारी गराउनुभएको हो ।