देवदह नगरपालिकाको वार्षिक समिक्षा सम्पन्न

बिज्ञापन

देवदह। रुपन्देहीको देवदह नगरपालिकाले वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । देवदह नगरपालिकाले आर्थिक वर्ष २०७९ /०८० मा सम्पादन गरेको विकास योजना तथा सेवा प्रवाहको विषयमा समिक्षा गरेको हो।

बिज्ञापन

प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले नगरपालिका र वडाले आर्थिक वर्ष २०७९/०८० मा गरेको विकास निर्माणका कार्य, सेवा प्रबाह, नीतिगत कार्यहरुको विषयमा नगर वासीलाई जानकारी गराउनका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।

समिक्षा कार्यक्रमले विगतका बर्षको कामको समिक्षा,काम गर्दा देखा परेका समस्या, अवसर, चुनौती , एक अर्का शाखाको कामको उपलब्धि सिकाइ, आगामी दिनमा नगरपालिकाको सेवाप्रवाह र कामको प्रगती विवरणको प्रस्तुतीमा एकरुपता कायम गर्न सहयोग पुग्ने अधिकृत सापकोटाको भनाई थियो।

बिज्ञापन

कार्यक्रममा नगरपालिकाको वित्तिय प्रतिवेदन लेखा अधिकृत निरज पौडेल, योजना सम्बन्धी योजना शाखा प्रमुख, सामाजिक विकास, कृषि सम्बन्धी शाखा, पशु शाखा, शिक्षा शाखा लगायत गरि १७ वटा शाखा प्रमुखले र १२ वटै वडाको वडा सचिवहरुले वार्षिक कार्यक्रम र सेवा प्रवाहको विषयमा प्रस्तुतीकरण गरेका थिए ।

देवदह नगरपालिकाका कार्यबाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, उपसचिव टिकाराम शर्मा, नगर प्रबक्ता गणेश डुम्रे, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरु, वडा सदस्य, तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

नगर प्रवक्ता गणेश डुम्रेको स्वागत र शाखा अधिकृत गंगा प्रसाद पन्थीको संचालनमा कार्यक्रम सप्पन्न भएको थियो।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल