देवदह टाइम्स बुलेटिन बिमोचन

देवदह ।देवदह गुराँस मिडियाप्रालि द्वारा प्रकाशित मासिक बुलेटिन ‘देवदह टाइम्स’ एक कार्यक्रममा बिच बिमोचन गरिएको छ।

बिज्ञापन

मंगलबार देवदह गुराँस मिडिया प्रालिले विजयादशमी,शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना सङ्गै पुस्तक बिमोचन गरेको हो।

कार्यक्रम माथी प्रकाश पार्दै संस्थाका प्रबन्ध निर्देशक निर्मल (एसपी) थापाले बुलेटिनमा बिचार,बिष्लेषणात्मक,जानकारी मुलक र जनतालाई सुसूचित गराउने खालका सामाग्री राखिने बताउनुभयो ।पहिलो अंकमा राख्नुपर्ने धेरै बिषय बस्तु छुटेको र आगामी अंकहरुमा छुटेका सामाग्रीलाई समेटिने बताउनुभयो ।साथै पुस्तकमा राखिएको सन्देश मुलक सूचना सामाग्री बाट प्राप्त रकम बाट ५ प्रतिशत रकम नौरुपा स्मृति अक्ष कोषमा राखिने समेत निर्देशक थापाले बताउनुभयो ।

बिज्ञापन

बिमोचन कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष प्रेम थापा मगरले पुस्तकमा स्वास्थ्य,शिक्षा पर्यटन,साहित्य, पूर्वाधार लगायतका सामाग्री समेटिएको बताउनुभयो ।बुलेटिनलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने बताउँदै मिडियाले निष्पक्ष र तथस्ट ढङ्गले आम जनतालाई सुसूचित गराउनु पर्ने बताउनुभयो।श्रमजीवी पत्रकारको हक हित र अधिकारको पक्ष आफू सधै रहने पनि थापाले बताउनुभयो ।

कार्यक्रममा शुभकामना तथा सुझाब राख्दै सेतोमसी मिडियाका सम्पादक बिष्णु प्रसाद पोखरेलले मिडियाले समाजमा रहेका बिषय बस्तुको यथार्थ रुपमा चित्रण गर्नुपर्ने बताउनु भयो ।मिडियाले उठाउने बिषय बस्तु राष्ट्रिय स्तर तथा नगरमा बहसको बिषय बन्न सक्ने गरि उठाउनुपर्ने पोखरेलको भनाई थियो।

कार्यक्रममा गुराँस मिडियाका सम्पादक एलबी सर्बुजा,पत्रकार मीन राना र रेशम अधिकारी लगायतले बोल्दै सुझाव तथा निरन्तरताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रम संस्थाका अध्यक्ष प्रेम थापा मगरको अध्यक्षता तथा सचिव प्रीतम कुमार थापाको संचालनमा सम्पन्न भएको थियो।

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा