देवदह जेसीजद्वारा प्रभावकारी बैठक एवम् संसदीय प्रक्रिया तालिम

ललिता घिमिरे , देवदह । देवदह जेसीजद्वारा आयोजित प्रभावकारी बैठक एवम् संसदीय प्रक्रिया तालिम सम्पन्न भएकाे छ । वर्ष २०२२ का अध्यक्ष जेसी नेमराज न्यौपाने (राजेन्द्र)काे अध्यक्षता र देवदह नगर प्रमुख हिराबहादुर खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रममा नेपाल जेसिजका कार्यकारीणी उपाध्यक्ष जेसी अनिलबहादुर शाहीले प्रसिक्षण दिनुभएकाे थियाे । अध्यक्ष न्याैपानेले कार्यक्रमकाे औचित्यमाथि प्रकाश पार्नुभएकाे थियाे । कुनै पनि बैठककाे आयाेजना कसरी गर्ने, संचालन कसरी गर्ने, बैठक आयाेजना गर्दा क्रमसङ्गत, नितिगत विधि विधान लगायत बारे तालिममा सिकाईएकाे थियाे । संसदिय कार्यविधि प्रकियाका बारेमा आवश्यक जानकारी तालिममा गराईएकाे थियाे । कार्यक्रममा न्यु नमुना ईङ्गलिस बाेर्डिङ्गका प्राधानाध्यापक हाेमनाथ ढुङ्गाना, चेलि कृषि सहकारी संस्थाकाका अध्यक्ष साबित्रा बश्याल, संस्थाका संस्थापक अध्यक्ष जेसि सिनेटर विजय गुरूङ्ग लगायतले बाेल्नुभएकाे थियाे ।

प्रमुख प्रशिक्षक एवम् कार्यक्रमका विशिष्ट अतिथि शाहीले आगामी दिनकाे नेतृप्वमा पनि यस्तै साथ र सहयाेग रहने बताउनुभयाे । देवदह जेसिजका पुर्व उपाध्यक्ष चित्रबहादुर आलेकाे स्वागत र महासचिव दुर्गा दाहालकाे संचालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे । तालिममा सहकारी सस्था, देवदहका  विध्यालयका शिक्षक, आमा समुहका पदाधिकारी लगायत विभिन्न संघ-संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू गरी एकसय जना भन्दा बढीकाे सहभागिता रहेकाे थियाे ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने