देवदह । रुपन्देहीको देवदहमा रहेको देवदह जेसीजको आठौ शाखा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले वर्ष २०२४ का लागि आनन्दप्रसाद पराजुलीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । निर्वाचित देवदह जेसीजको कार्यकारिणी उपाध्यक्षमा कमला अर्याल र मधु भन्डारी, उपाध्यक्षमा विजय सापकोटा, रामचन्द्र न्यौपाने, अनिल पराजुली, र ललिता घिमिरे सर्वसम्मत चयन हुनु भएको हो ।
त्यसैगरी महासचिवमा चित्र आले, कोषाध्यक्षमा दिनेशराज पराजुली र कानुनी सल्लाहकारमा नारायणप्रसाद अधिकारिलाई चयन गरेको निर्वाचन आयुक्त राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो । जेसीज वर्ष २०२३ का अध्यक्ष दुर्गा दहालको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष केशव अधिकारी, विष्णु न्यौपाने, सुरेन्द्र अधिकारी, केशव पराजुली, लगायतले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै युवाको नेतृत्व तथा ब्यक्तित्व विकासमा जेसीजको भुमिका महत्वपुर्ण रहदै आएको बताउनुभयो ।