देवदह जेसिजद्वारा विद्यार्थीलाई पाेशाक वितरण।।

देवदह जेसिजद्वारा साईबाबा विद्यापिठ, देवदह-६ शिवालय टाेलमा विद्यार्थी पाेषाक वितरण गरेकाे छ । संस्थाकाे साताै स्थापना दिवसकाे अवसर पारेर साईबाबा विद्यापिठमा अध्ययनरत विद्यार्थीहरूलाई उक्त पाेसाक वितरण गरिएकाे हाे ।

संस्थाका अध्यक्ष राजेन्द्र न्याैपानेकाे अध्यक्षता र नेपाल भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष वासुदेव रिमालकाे प्रमुख अातिथ्यतामा भएकाे कार्यक्रममा साईबाबा च्यारिटेवल ट्रष्टका महासचिव दामाेदर क्षेत्री, देवदह जेसिजका संस्थापक अध्यक्ष विजय गुरूङ्ग विद्यालय व्यवस्थापक समितिका अध्यक्ष रामचन्द्र पाैडेल लगायतले बाेल्दै विद्यालयमा विद्यार्थीहरूलाई जे चिजकाे आवश्यकता खड्किएकाे छ त्यसैलाई मध्यनजर गरेर विद्यार्थीहरूका लागि पाेशाक वितरण गरिएकाे बताएका थिए । संस्थाकाे स्थापना दिवसमा अनावश्यक तडकभडक गरेर मनाउनु भन्दा साे खर्च पाेशाकमा लगाई विद्यार्थीलाई पाेशाक यसरी वितरण गरीएकाे हाे ।

देवदह जेसिजका महासचिव दुर्गा दाहालकाे संञ्चालनमा सम्पन्न भएकाे कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामवरण यादव, संस्थाका पुर्व अध्यक्ष विष्णु न्याैपाने, निवर्तमान अध्यक्ष केशवराज पराजुली लगायत सदस्यहरू, शिक्षक तथा विद्यार्थीहरूकाे उपस्थिती रहेकाे थियाे ।

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना