देवदह इसाई समुदायद्वारा ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

देवदह । रुपन्देहीको देवदहमा ख्रीष्टमस डे को पूर्वसन्ध्यामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । आईतवार देवदह इसाई समुदायको आयोजनामा देवदह १ स्थित अनन्त जीवन चर्चमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले देवदह नगरपालिकालाई खुसि र समृद्ध नगर बनाउने गरि अघि बढेको बताउदै सबै भाषा, धर्म र संस्कृतिको संरक्षणमा लागि परेको बताउनुभयो । उहाले ख्रीष्टमसको अवसरमा सबैलाई शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

ख्रीष्टमसको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख वक्ताको रुपमा पास्टर रघुनन्दन वर्मा रहनुभएको थियो । कार्यक्रममा जिल्ला ईसाई समुदायका अध्यक्ष पास्टर सुरज थापा, पास्टर ज्ञान बहादुर रायमाझी लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा जिल्ला ईसाई समुदायका सचिव पास्टर प्रेम छेत्री, जिल्ला कोषाध्यक्ष मेघराज घिमिरे, दिदिबहिनी संगति तथा जवान संगतिका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

देवदह ईसाई समुदायको अध्यक्ष राहुल मौर्यको अध्यक्षता, वरिष्ठ सल्लाहकार पास्टर आमोस खड्काको स्वागत र पास्टर डम्मर पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

बुद्धका सन्देशलाई फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण