देवदह ईङलिस बोर्डिङ स्कूलमा कक्षागत अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिज्ञापन

देवदह । रुपन्देहीको देवदह —७मा रहेको देवदह ईङलिस बोर्डिङ हाई स्कूलले कक्षागत अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीको सिकाइ प्रक्रियामा घरको वातावरण अनुकुल हुनुपर्ने भएकाले र विद्यालयको वार्षिक शैक्षिक नीति तय गर्दा अभिभावकहरुको समेत सुझावलाई समावेश गर्ने उद्देश्यले अन्तकृया कार्यक्रको आयोजना गरिएको विद्यालयले जनाएको छ।

बिज्ञापन

कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य विष्णु प्रसाद पौडेलले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र विद्यार्थीको चौतर्फी विकास गर्न शिक्षक, अभिभावक, विद्यार्थी एवं विद्यालय प्रशासनले खेल्नुपर्ने महत्वपूर्ण भूमिकाको बारेमा बताउनु भएको थियो। बालबालिकालाई कस्तो बनाउने भन्ने कुरा अभिभावक र शिक्षकको हातमा रहेको हुनाले विद्यार्थीलाई परिवर्तन गर्न पहिला अभिभावक र शिक्षकमा परिवर्तन आउनुपर्नेमा जोड दिनुभएको थियो।

विद्यालयले कक्षा प्ले ग्रुप (मन्टेश्वरी) देखि युकेजी सम्म असोज २५ गते र कक्षा १ देखि ३ सम्मको असोज २६ गते आज अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको विद्यालयको प्रवन्ध निर्देशक सुजता लामिछानेले जानकारी दिनुभएको थियो। उक्त कार्यक्रममा अभिभावकको भूमिका, बालबालिकको संस्कार तथा व्यवहार र उनीहरुको मनोविज्ञान बारे जानकारी गराउदै कार्यक्रममा कुसल अभिभावक र बिद्यार्थी भनेको के हो ? बिद्यार्थीहरुलाई कसरी बालमैत्रिपुर्ण बातावरण दिन सकिन्छ ? असल अभिभावक र बालबच्चामा हुनु पर्ने गुणका बारेमा छलफल गरिएको थियो।

बिज्ञापन

कार्यक्रम विद्यालयका संस्थापक प्राचार्य विष्णु प्रसाद पौडेलको अध्यक्षता र विद्यालयका सह प्राचार्य विष्णु प्रसाद अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो।

 

 

 

 

सम्बन्धित खवर

डेल्टा कम्प्लेक्समा लागेको आगोले करोडौं नोक्सानी: १५ दमकलले लिएका थिए आगो नियन्त्रण

देवदहमा राष्ट्रिय परिचयपत्रको दर्ता शिविर सुरु

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै