देवदह आर्दश बहुमुखी क्याम्पसलाई QAA प्रमाणीकरण प्राप्त

देवदह। विश्वविद्यालय अनुदान आयोगबाट देवदह आर्दश बहुमुखी क्याम्पसलाई शैक्षिक गुणस्तर सुनिश्चितता प्रत्यायन क्युएए  प्रमाणीकरण प्राप्त गरेको छ । क्याम्पसले विभिन्न सूचकहरु पुरा गरेको भन्दै गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणीकरण गरेको हो । क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणीकरण प्राप्त गरेको खुसीयालीमा बाजागाजा सहित प्रभातफेरी गरेको छ ।

देवदहको खैरेनी देखि गरिएको प्रभातफेरी क्याम्पस प्रागणमा पुगेर सभामा परिणत भएको थियो । २०६४ सालमा गरिएइको महायज्ञबाट संकलन भएको रकमबाट २०६५ सालमा देवदह आर्दश बहुमुखी क्याम्पस स्थापना गरिएको हो । प्रभातफेरी पश्चात आयोजित सभामा बोल्दै क्याम्पस प्रमुख मित्रलाल न्यौपानेले क्याम्पसको शैक्षिक गतिविधिको आधारमा विश्वविद्यालय अनुदान आयोगले शैक्षिक गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणिकरण गरेको बताउनु भयो । उहाले नेपालमा करिव ६ सय सामुदायिक क्याम्पस रहेपनि अहिले सम्म करिव ८० सामुदायिक क्याम्पसले शैक्षिक गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्त गरेको बताउनु भयो । रुपन्देहीमा अहिले सम्म ५ वटा सामुदायिक क्याम्पसले शैक्षिक गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणित भएको जानकारी दिनु भयो ।

सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले क्याम्पसले शैक्षिक स्तरलाइ एबक खुड्किलो उक्लिन सफल भएको बताउनु भयो । उहाले देवदह आर्दश बहुमुखी क्याम्पसलाई गुणस्तरीय शैक्षिक संस्थाको रुपमा विकास गर्न सवैले सहयोग गर्न आवश्यक रहेको औल्याउनु भयो । पुर्वमन्त्री समेत रहनु भएका सांसद विश्वकर्माले यस क्याम्पसलाई नमुना शैक्षिक संस्थाको रुपमा विकास गर्न आफनो तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । देवदह आर्दश बहुमुखी क्याम्पस प्रमाणिकरण भएसंगै संभावनाको ढोका खुलेको उहाले बताउनु भयो ।

देवदह आर्दश बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एवं देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, प्राध्यापक, विद्यार्थीहरुको सहभागिता रहेको थियो । देवदह आर्दश बहुमुखी क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष वासुदेव रिमालको स्वागत र सहायक क्याम्पस प्रमुख जयकिशन अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना