देवदह आदर्श बहुमुखी क्याम्पसको अध्यक्षमा रिमाल

बिज्ञापन

देवदह । देवदह आदर्श बहुमुखी क्याम्पसको अध्यक्षमा वासुदेव रिमाल निर्वाचित भएका छन् । देवदह आदर्श बहुमुखी क्याम्पसकाे सोमबार सम्पन्न १५ औं साधारण सभा तथा छैठौं क्याम्पस सभा वाट निवर्तमान संचालक समितिका उपाध्यक्ष रिमाल सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

बिज्ञापन

उपाध्यक्ष लगायत अन्य संचालक समिति भने यहि १९ गते बस्ने बैठकले टुङ्गो लगाउने बताइएको छ ।

यस अघि क्याम्पस सभाको औपचारिक कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले संघीय शिक्षा ऐन नबन्दा शिक्षाको विकासमा समस्या भएको बताउनुभयो । शिक्षा ऐन प्रदेश र स्थानीय तह संग छलफल गरेर सवैको अपनत्व हुनेगर्री काम अगाडि बढिरहेको बताउनु भयो । उहाले कमजोरीलाई सच्चाउदै सवल पक्षलाई थप सृढृतकरण गर्दै अगाडि बढ्नु पर्ने बताउदै देवदह आदर्श बहुमुखी क्याम्पसलाई उत्कृष्ट बनाउन सवैको साथ र सहयोग आवश्यक रहेको औल्याउनु भयो । सांसद विश्वकर्माले रुपन्देहीको क्षेत्र नम्वर १, अन्तरगत रहेका विद्यालयको समस्या समाधान गर्न सवै जनप्रतिनिधिहरु मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो।

बिज्ञापन

देवदह आदर्श बहुमुखी क्याम्पस अध्यक्ष एवं देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य जानकी न्यौपाने, पुर्व प्रदेश सांसद डा. कृष्णप्रसाद न्यौपाने, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, कालिका क्याम्पसका प्रमुख धनश्याम पाठक, नेकपा माओवादी केन्द्रका मोतीलाल ढकाल, लुम्विनी बौद्ध विश्वविद्यालय देवदहका डीन उकेशराज भुजु, देवदह आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति अर्जुन गैरे लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा अध्यक्ष खरेलले बार्षिक प्रतिवेदन र क्याम्पस प्रमुख मित्रलाल न्यौपानेले क्याम्पसको शैक्षिक अवस्था वारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट प्राध्यापकलाई सम्मान गर्नुका साथै क्याम्पस सभाको अवसरमा आयोजित विभिन्न खेलकुदका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । देवदह आदर्श बहुमुखी क्याम्पस देवदहका छैठो क्याम्पस सभाबाट क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा वासुदेव रिमाल चयन हुनु भएको छ । देवदह आदर्श बहुमुखी क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष वासुदेव रिमालको स्वागत र सहायक क्याम्पस प्रमुख जयकिशन अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व