देवदह । रुपन्देहीको देवदहमा सिमि खेती प्रवर्द्धन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । देवदह नगरपालिकाको कार्यालय कृषि विकास शाखाको आयोजनमा देवदह ६ सरहनटांडी स्थित सरहनकाली कृषक सहकारी संस्थाको प्राङ्गणमा उक्त कार्यक्रम भएको हो ।
सोनगरप्रमुख ध्रुव प्रसाद खरेलले सरहनवारीलाई तरकारी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गर्न विशेष योजना अघि सारिएको बताउनुभयो। उहाँले यस वर्ष सरहनवारीमा उत्पादन हुने सिमीलाई नवलपरासीको सुनवलस्थित चिस्यान केन्द्रमा लैजाने व्यवस्था गरिएको जानकारी दिनुभयो। चिस्यान केन्द्रमा लाग्ने शुल्क र सिमीको मूल्य नगरपालिकाले व्यहोर्ने गरी सिमी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो। साथै, तरकारी तथा सिमी उत्पादनका लागि आवश्यक सिंचाइको सम्पूर्ण व्यवस्था पनि नगरपालिकाले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कृषि शाखा प्रमुख सुस्मिता गौतमका अनुसार सरहनवारीका कृषकहरूको सिमि चिस्यान केन्द्रमा पुर्याएको बताउनुभयो । उहाले कृषकहरूलाई प्रति किलो ५० रुपैयाँका दरले भुक्तानी गरिएको र सिमी टिप्न अनुदानमा क्यारेट पनि वितरण गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, देवदह ६ का वडाध्यक्ष खेमवहादुर थापा, जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्णुप्रसाद पौडेल, सरहनकालिका कृयक सहकारी संस्थाका अध्यक्ष मानवहादुर गाहा लगायतको सहभागिता रहेको थियो । देवदह नगरपालिका कृषि शाखा प्रमुख मुस्मिता गौतमको सञ्चालनमा भएको कार्यक्रममा सरहनबारीका कृषकहरुको सहभागिता रहेको थियो ।