देवदहमा सञ्चालित ग्लोबल गर्लस्को समापन

रुपन्देही//डेनमार्कको कोपनहेगनमा रहेको संस्था स्कुल लाईफ इन नेपालको सहयोगमा सामाजिक न्यायको लागि संञ्चालित ग्लोबल गर्लस् परियोजना सम्पन्न भएको छ । देवदहमा रहेको सामाजिक संस्था उज्यालो लाल्टिन प्रतिष्ठान र सोईया महिला स्वावलम्बी संस्थाको सहकार्यमा उक्त परियोजना सम्पन्न भएको हो ।
युवाहरुलाई सामाजीक उत्थानमा प्रेरित गर्दै समाजको पारदर्शिता साहित्य र पत्रकारीता भन्ने मुल नाराका साथ स्थापना भएको उज्यालो लाल्टिन प्रतिष्ठान र लामो समयदेखि विपन्न र गरिवीको रेखामुनी रहेका महिलाहरुलाई संगठित गर्दै महिला तथा बालबालिकाहरुको शसक्तिकरणमा विभिन्न परियोजना मार्फत कार्य गर्दै आएको सोईया महिला स्वावलम्बी संस्थाको सहकार्यमा भएको उक्त परियोजनाबाट नेपालमा रहेका १०० जना किशोरीहरु र डेनमार्कमा रहेका १०० जना किशोरीहरु बिच युवादेखि युवा परिचालन पद्धती अनुसार समाजमा रहेको साँस्कृतिक, सामाजिक असमानतालाई निरुत्साहित पार्न सञ्चारको माध्यमबाट गोलबद्ध भई किशोरीका हकहितमा काम गर्ने यस परियोजनाको मुख्य उद्देश्य अनुरुप देवदहका ८ विद्यालय र बुटवलका २ गरी १० बिद्यालयमा कार्यक्रम संचालन भएको थियो । यसबाट बाट १०० जना नेपालका किशोरीहरुको क्षमता अभिवृद्धि गर्ने काम भएको छ ।समापन कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख हिरा केसीले समाजमा रहेको असमानतालाई चिर्दै समानताका लागि संघर्ष गर्न सिक्नुपर्ने बताउनुभएको थियो । प्रमुख अतिथि समेत रहनुभएका के.सी.ले समाजको रुपान्तरणका लागि सकरात्मक सोचका साथ अगाडि बढ्न युवाहरुलाई आब्हान गर्नुभएको थियो ।
कार्यक्रममा स्वयंसेवकको तर्फबाट सुरज भट्टराई र आस्था विकले परियोजनाको अनुभवबारे आफ्नो कुरा राख्नुभएको थियो भने उक्त कार्यक्रममा देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईं, पल्लबी साकोसका अध्यक्ष प्रमोद खनाल, उज्यालो लाल्टिन प्रतिष्ठानका अध्यक्ष सागर कंडेल, परियोजना संयोजक युवराज चापागाईं लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रममा परियोजना सफलताका साथ सम्पन्न गर्न सहयोग गर्नुहुने स्वयंसेवक, सहयोगी संघसंस्था र व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो उक्त कार्यक्रमको सञ्चालन सोइला महिला स्वावलम्बी संस्थाका कार्यबाहक ब्यवस्थापक नारायण भण्डारीले गर्नुभएको थियो ।

बिज्ञापन

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन