ललिता घिमिरे , देवदह // रुपन्देहीको देवदहमा विशेष रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठान, युगिन साहित्य समाज र अनुराग साहित्य समाजको संयुक्त आयोजना र देवदह नगरपालिका नगरकार्यपालिकाको कार्यालयको सहयोगमा उक्त कार्यक्रम भएको हो । विशेष रचना वाचन कार्यक्रममा वरिष्ठ गजलकार बूँद राना र गणेश खानालले गजल , कवि डा.श्याम प्रसाद न्यौपाने, विनोद उदय, यज्ञप्रसाद न्यौपाने ‘दिपक’, श्याम न्यौपानेले कविता वाचन , सरस्वती बस्यालले मुक्तक वाचन र सागर भट्टराईले अङ्ग्रेजी कविता वाचन गरेका थिए ।
युगिन साहित्य समाजका अध्यक्ष सुशील सापकाेटाकाे अध्यक्षता र देवदह नगरपालिकाका नगरप्रमुख धुर्व खरेलकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नगर उपप्रमुख विद्यालक्ष्मि गुरूङ्, वार्ड नं ५ का वार्डअध्यक्ष तथा नगरप्रवक्ता गणेश डुम्रे लगायतले बाेल्दै साहित्यकाे विकासले समाज विकास हुने हुदा साहित्य अत्यन्तै महत्वपुर्ण रहेकाे बताएका थिए । नगरप्रवक्ता गणेश डुम्रेले साहित्यको विकासको लागि नगरपालिकाकाे तर्फबाट आवश्यक बजेटकाे लागि पहल गर्ने समेत प्रतिबद्वता जनाउनु भएकाे थियाे ।
उज्यालो लाल्टिन प्रतिष्ठानका सदस्य सुरज भट्टराईकाे धन्यवाद ज्ञापन र युगिन साहित्य समाजका सचिव विष्णु ज्ञवालीकाे सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा देवदहमा रहेका विभिन्न १२ विद्यालयका विद्यार्थी करिव १३२ विद्यार्थी , शिक्षकवर्ग, साहित्य अनुरागीहरु, आयोजक संस्थाका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।