देवदहमा विद्यालयस्तरीय वादविवाद प्रतियाेगिता सम्पन्न, सन्ताेषी सापकाेटा भईन प्रथम

बुटवल । रुपन्देहीको देवदहमा अन्तरविद्यालयस्तरीय वादविवाद प्रतियाेगिता सम्पन्न भएको छ।
५७ ओैँ राष्ट्रिय बाल दिवसकाे अवसरमा देवदह नगरपालिकाद्वारा आयाेजित गरेकाे ‘बालबालिकाकाे भविष्य निर्माणमा विद्यालयकाे भुमिका’ बिषयक वादविवाद प्रतियाेगितामा १३६ अंक सहित सगरमाथा अवासिय माविकी सन्ताेषी सापकाेटा प्रथम भएकी छन । प्रतियाेगितामा १३२ अंक सहित ग्रीनप्लान्ट आवासिय माविकी चन्द्रकला पाण्डेय द्वितिय भएकी छन। त्यस्तै, १२३ अंक सहित सेभेनस्टार आवासिय माविकी करिस्मा मैनाली र १०९ अंक सहित भविष्य निर्माण माविका आयुश पाण्डेय सान्त्वना भएकाे निर्णायक मण्डलका संयाेजक डा. हिरण्यलाल ज्ञवालीले जानकारी दिए । २०० पुर्णाक राखिएकाे प्रतियाेगितामा १२ विद्यालय सहभागी भएका थिए। प्रतियाेगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने प्रतियाेगिहरूलाई क्रमश ५ हजार ३ हजार २ हजार १ हजार र प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियाेगितामा बुटवल बहुमुखी क्याम्पसका प्रध्यापक डा.हिरण्यलाल ज्ञवाली र सह-प्राध्यापक टेक राज अर्यालले निर्णायककाे भुमिका निर्वाहा गरेका थिए । कार्यक्रममा बाेल्दै देवदह नगरप्रमुख हिरा बहादुर खत्रीले बालबालिकाकाे नेतृत्व विकासका लागि नगरपालिकाले पहल गरीरहेकाे बताए । उनले बालबालिकाकाे अधिकार हनन हुन नदिन सचेत हुनु पर्नेमा जाेड दिए । बालमैत्री नगर घाेषणा गर्न नसकेकाे बिषयमा नगरपालिकाकाे बचाउ गर्दै मेयर खत्रीले बालमैत्री घाेषणा नगरे पनि काम गरीरहेकाे दाबी गरे । साे अवशरमा देवदह उप-प्रमुख विद्यालक्ष्मी गुरूङ, प्रमुख प्रशाषकिय अधिकृत डिल्लीराज वेलवासे र बालसञ्जालकी प्रमुख सल्लाहकार वविता भट्टराईले बाेल्दै नगरपालिकाले बालबालिकाे क्षेत्रमा अझै काम गर्न बाँकी रहेकाे बताए ।

बिज्ञापन

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना