देवदहमा लैङ्गिक हिंसाका बिषयमा बहस

बिज्ञापन

रुपन्देही। रुपन्देहीको देवदह नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा लैङ्गिक बहस कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षता र नगर प्रमुख ध्रुव प्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले महिला र पुरुष दुवैमाथी हिसांको घटना हुने बताउदै सबै खाले हिँसा अन्त्य गरिनुपर्ने बताउनुभयो । उहाले समाजलाई साक्षरता र अनुशासित बनाएर नै यो समस्याको हल गर्न सकिने उहाको धारणा छ। लैङिगक हिंसा विरुद्ध आ–आफ्नो ठाउँबाट सबैले लाग्नु पर्नेमा उहाले जोड दिनु भयो ।

बिज्ञापन

कार्यक्रमको सहजिकरण संचारिका समुह लुम्बिनी प्रदेशकि अध्यक्ष अमृता अनमोलले  गर्नुभएको थियो। उहाले लैङ्गिक समानताका लागि स्थानीय सरकारको भुमिका, सेतो रिबनको अभियान, लैङ्गिक हिंसाको बारेमा सहजीकरण गर्नुभएको थियोे। कार्यक्रममा समाजमा घट्ने हिंसा लगायतका विभेदपुर्ण व्यबहारको अन्त्यको लागि गरिने कार्यको बिषयमा जानकारी गराइएको थियो।

कार्यक्रममा देवदह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, देवदह नगरपालिका वडा नं ३ का वाडा अध्यक्ष यज्ञ अर्याल, वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, स्वयंसेविका, टोल विकास संथाका प्रतिनिधि मुलक प्रतिनिधित्व, बाल संजालका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो।

बिज्ञापन

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै