देवदहमा लायन्स क्लबद्वारा लायन्स अभिमुखिकरण कार्यक्रम सप्पन्न

देवदह // रुपन्देहीको देवदहमा लायन्स क्लब डिस्ट्रीक ३२५ पि जोन १८ द्वारा लायन्स अभिमुखीकरण कार्यक्रम  सम्पन्न भएको छ । शनिबार देवदह ७ पिपलडाडा स्थित ॐ दर्शन होटलको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।लायन्स क्लब अफ देवदह प्रोफेसनल युथद्वारा आयोजित उक्त कार्यक्रममा जोन १८ मा रहेका लायन्स क्लब अफ देवदह, लायन्स क्लब अफ देवदह पाकरी वृक्ष, लायन्स क्लब अफ सुनवल, लायन्स क्लब अफ नवलपरासी रामनगर भुमही, लायन्स क्लब अफ सहिद स्मृति संस्थाका सदस्यहरु सहभागीता रहेको थियो ।

सोही कार्यक्रममा लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको  कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब डिस्ट्रीक ३२५ पि का प्रथम डिस्ट्रीक गभर्नर अर्जुनमान सैन्जु, डिस्ट्रीक ३२५ पि जोन १८को अध्यक्ष राम बहादुर गुरुङ, लायन्स क्लब डिस्ट्रीक सल्लाहकार विष्णु पौडेल, डिस्ट्रीक सह कोषाध्यक्ष ऋषिराम सापकोटा, गुमान सिंह कुवर, रिजन कोडिनेटर मिना गुरुङ, डिस्ट्रीक प्रोग्राम मेम्बर बिनोद थापा मगर, डिस्ट्रीक प्रोग्राम चियरपर्शन दिपेश मल्ल लगाएतले  वेवासाईट लोकार्पण गरिएको थियो ।सहभागीलाई प्रशिक्षक लायन्स क्लब डिस्ट्रीक ३२५ पि का डिस्ट्रीक सेक्रेटरी एम जे एफ लायन सन्दिप कौसोधनले लायन्समा आबद्ध भएका सदस्यहरुलाई क्लबका उदेश्य, काम गर्न हुने र नहुने काम सम्बन्धी र सदस्यहरुका काम,कर्तब्य, भुमिका तथा अनुशासन , कोष सम्बन्धि प्रशिक्षण दिनुभएको थियो। कार्यक्रम लायन्स क्लब डिस्ट्रीक ३२५ पि जोन १८को चियर पर्सन राम बहादुर गुरुङको अध्यक्षता, लायन्स क्लब अफ प्रोफेसनल युथका अध्यक्ष प्रनिल जिसिको स्वागत र लायन्स क्लब अफ प्रोफेसनल युथका सचिव नवीन थापाको सञ्चालनमा भएको थियो । कार्यक्रम लायन्स क्लब अफ प्रोफेसनल युथका सदस्य गोपाल पाण्डेको संयोजकत्वमा भएको थियो।

 

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल