देवदहमा रोट्रऱ्याक्ट क्रिकेट कप-२०८० हुने

रुपन्देही // रुपन्देहीको देवदहमा रोट्रऱ्याक्ट देवदह क्रिकेट कप-२०८० हुने भएको छ । रोट्रऱ्याक्ट क्लब अफ तिलोत्तमा देवदहले युवाहरुलाई लक्षित गर्दै क्रिकेटको माध्यमबाट वडा, समाज, क्षेत्र, जिल्ला गर्दै राष्ट्रिय स्तर सम्मका खेलाडी उत्पादन गरी देवदहको गरिमालाई थप उचाईमा पुऱ्याउने उद्देश्य सहित उक्त प्रतियोगिता आयोजना गरेको हो ।

क्लबले बुधबार देवदह ५ मा रहेको ईन्टेक रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरी यहि पुष पौष २१ गते देखी डि.सि.यु. ग्राउण्ड, देवदह-७, शितलनगरमा प्रतियोगिता हुने जानकारी गराएको हो।

शनिबारदेखि सुरु हुन लागेको उक्त खेलमा सम्पूर्ण खेलप्रेमीहरुको उत्साहपूर्ण सहभागिता रहने क्लबका अध्यक्ष बिक्रम भुषालले बताएका छन्। अध्यक्ष भुषालले देवदहमा रहेका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार प्रसार गरी देवदह नगरपालिकालाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा परिचित गराउने, युवाहरुलाई लागूपदार्थ, मध्यपान, धुम्रपान, जुवातास जस्ता दुर्व्यसनको रोकथाम गर्न जनचेतना जगाउँदै खेलप्रति आकर्षित गर्ने कार्यक्रम उद्देश्य रहेको बताएका छन् ।

प्रतियोगितामा अनुमानित २ लाख पचास हजार रुपैयाँ खर्च लाग्ने आयोजक संस्थाले जनाएको छ। हाल सम्म भने १८ टिम दर्ता भईसकेको र अरु पनि थप हुने संस्थाले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टिमले नगद एकाउन्न हजार एकाउन्न रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोश्रो हुने टिमले नगद पच्चिस हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उक्त कार्यक्रममा देवदह क्रिकेट युनिटका पुर्व अध्यक्ष रबि बल्लभ रेग्मी, खेल संयोजक अर्जुन जि.सी लगाएत क्लबका अन्य पदाधिकारीको उपस्थिति रहेको थियो। कार्यक्रम क्लबका अध्यक्ष बिक्रम भुषालको अध्यक्षता र क्लबका बर्ष २३/२४ का ईलेक्ट प्रेसिडेन्ट सन्दिप पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने