देवदहमा रेडक्रस उपशाखा स्तरिय कविता प्रतियोगिता सम्पन्न

बिज्ञापन

देवदह। रुपन्देहीको देवदहमा रेडक्रस उपशाखा स्तरिय कविता प्रतियोगिता सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाको आयोजना र नेपाल युवा रेडक्रस सर्कल न्यू लुम्बिनी बोर्डिंग स्कुल देवदह ५ को आतिथ्यतामा कविता प्रतियोगिता सम्पन्न भएको हो।

बिज्ञापन

‘मानविय सेवा – जुनियर तथा युवा’ विषयक कविता प्रतियोगितामा देवदहका १५ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा श्री केरवानी माध्यमिक विद्यालयका छात्रा मनिषा भुसाल प्रथम, देवदह माविका छात्रा निस्तिका परियार द्वितीय, सगरमाथा आवासीय माविका छात्रा शिक्षा पौडेल तृतीय र सरस्वति शिक्षालयका छात्रा सजना आलेले सान्तवना स्थान हासिल गरेका थिए ।

प्रतियोगिताको निर्णायक मण्डलमा डाक्टर श्याम न्यौपाने र नवराज भण्डारी रहेका थिए।

बिज्ञापन

कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिकाका प्रबक्ता गणेश डुम्रेले रेडक्रसको माद्यमबाट समाजसेवा संगै सचेतना जगाउने क्रियाकलाप भएको बताए। रेडक्रसको माध्यमबाट पढाई संगै अतिरिक्त क्रियाकलापमा लाग्ने वानीको विकास हुने भएकोले विद्यार्थीलाई रेडक्रसको माध्यमबाट सामाजिक क्रियाकलाप गर्न प्रबक्ता डुम्रेले आग्रह गरे।

नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाका सभापति कृष्ण न्यौपानेको अध्यक्षता न्यु लुम्बिनी बोर्डिंग स्कुलका संचालक विनोद थापा मगरको स्वागतमा सम्पन्न भएको कार्यक्रममा जनता माविका प्राचार्य कृष्ण प्रसाद अर्याल र गाउँ वन समन्वय संजाल रुपन्देहीका अध्यक्ष खेम नारायण अधिकारीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।

सम्बन्धित खवर

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै

बंगलादेशसँग नेपाल २१ रनले पराजित

सामाजिक सेवा समूह देवदह प्यानलको अध्यक्षमा सुरेश सुनार चयन

देवदहमा निबन्ध लेखन, हाजिरी जवाफ र हस्तलेखन प्रतियोगिता

नमुना एभरग्रिनमा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न 

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन