देवदहमा राष्ट्रिय परिचयपत्रको दर्ता शिविर सुरु

बिज्ञापन

देवदह । रुपन्देहीको देवदह नगरपालिकाले १२ वटै वडाका राष्ट्रिय परिचयपत्र प्राप्त गर्न छुट भएका नागरिकहरुको लागि शिविर सञ्चालन गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक रहने सूचना अनुसार देवदह नगरपालिकाले जिल्ला प्रशासन कार्यालयको समन्वयमा दर्ता शिविर सञ्चालन गरेको नगरपालिकाले जनाएको छ । 

बिज्ञापन

राष्ट्रिय परिचय तथा पञ्जिकरण विभागको जेष्ठ ३० गतेको सूचना अनुसार पहिलो चरणमा रुपन्देही सहित २८ वटा जिल्लामा आगामी श्रावण १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नविकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।आजदेखि सुरु भएको शिविर आगामी असार १८ गतेसम्म सञ्चालन हुने र शिविर अवधिमा छुटेका जेष्ठ नागरिकको १९ र २० गते विवरण संकलन गरिनेछ ।

बिज्ञापन

देवदहको वडा नम्बर ४ देखि सुरु भएको शिविर ७ गते वडा नं ५, ८ गते वडा नं ६, ९ गते वडा नं ७ , ११ गते वडा नं ८, १२ गते वडा नं ९, १३ गते वडा नं १०, १४ गते वडा नं ११, १५ गते वडा नं १२, १६ गते वडा नं १ , १७ गते वडा नं २ र १८ गते वडा नं ३ मा संचालन हुनेछ ।​

बालबालिका, आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्ष माथीका जेष्ठ नागरिकको हकमा भने राष्ट्रिय परिचयपत्र नभएता पनि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न बाधा नपर्ने विभागले जनाएको छ ।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल