देवदहमा प्रथम राष्ट्रपति कप रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै

देवदह । रूपन्देहीकाे देवदहमा राष्ट्रपति कप रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएकाे छ ।

खेलकुद क्षेत्रमा स्थानीय प्रतिभाको पहिचान, प्रोत्साहन र संरक्षण गर्ने उद्देश्यले देवदह नगरभित्रका विद्यार्थीबीच अन्तर विद्यालय राष्ट्रपति कप रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ ।

देवदह नगरपालिकाको आयोजना तथा देवदह मा विको संयोजनमा यही माघ १२ देखि १४ गतेसम्म सञ्चालन हुन लागेको प्रतियोगितामा भलिबल,कबड्डी,एथ्लेटिक्स,कराँते र तेकाण्डोतर्फका छात्र तथा छात्राबीच विभिन्न प्रतियोगिता हुने र प्रतियोगिताबाट जिल्ला ,प्रदेश तथा राष्ट्रिय अन्तराष्ट्रिय खेलका लागि योग्य खेलाडी तयार हुने लक्ष्य लिइएको छ ।

“स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागि खेलकुद” भन्ने मूल मन्त्रलाई आत्मसात गरेर आयोजना गरिएको प्रतियोगिताले स्थानीय विद्यार्थीबीच स्वच्छ प्रतिष्प्रर्धा भई योग्य र प्रतिभावान् खेलाडीको पहिचान र प्रोत्साहनमा सहयोग पुग्ने प्रतियोगिताका संयोजक तथा देवदह नगरपालिका प्रमूख धु्रब प्रसाद खरेलले बताउनु भयो ।

देवदह नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका १८ वर्ष मुनिका विद्यार्थीहरुले भाग लिने राष्ट्रपति कप रनिङ्ग शिल्ड प्रतियोगिताका लागि तयारीका कामहरु सुरु भएका छन् ।

प्रतियोगिता सञ्चालनका लागि संयोजन गर्ने संस्था देवदह माविको संयोजनमा स्थानीय बुद्दिजीवी तथा विद्यालयका सल्लाहकारहरु, ,प्रतियोगितामा सहभागी हुने विद्यालयका प्रधानाध्यापकहरु र खेल शिक्षकहरुबीच छुट्टाछुट्टै समन्वयात्मक बैठक सम्पन्न भएको प्रतियोगिताका सदस्य सचिव तथा देवदह मा विका प्रधानाध्यापक हरिप्रसाद पाण्डेले बताउनु भयो ।

प्रतियोगिताले विद्यालयहरुमा उत्कृष्ट,अनुशासित र सक्षम खेलाडी तयार गर्न तथा विद्यार्थीमैत्री खेलकुद वातावरण तयार गर्न सहयोग पुग्ने नगरपालिकाका उप प्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताउनु भयो । देवदह मावि परिसरमा आयोजना हुन लागेको प्रतियोगिताको लागि अहिले खेल मैदान सम्याउने तथा समन्वयात्मक कामहरु भैरहेको विद्यालयका अध्यक्ष सुरज खरेलले बताउनुभयो ।

प्रतियोगिताका लागि माघ ४ गते दिउँस ४ बजेभित्र नाम दर्ताको समय रहेको छ । प्रतियोगितामा भाग लिनका लागि विद्यालयहरुले आ आफ्नो विद्यालयमा आन्तरिक प्रतिष्पर्धा गराएर विद्यार्थी छनौट गरेर पठाउनेछन् ।

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते