देवदहमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

देवदह । रुपन्देहीको देवदहमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु भएको छ। देवदह नगरपालिकाको आयोजनमा आइतबारबाट मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिमको सुरु भएको हो । वडास्तरमै मेलमिलापकर्ताको उत्पादन गरी न्याय सम्पादनलाई सहज बनाउनका लागि नगरका १२ वटा वडाका सहजकर्ता सहभागि गराई तालिम संचालन गरिएको छ ।

मेलमिलापकर्ताले वडा स्तरमा रहेका मेलमिलाप केन्द्रमा रहेर मेलमिलापको काम गर्ने छन् । नगरपालिका भित्रका समस्या स्थानीय स्तरमा नै समाधानको निमित्त योग्य व्यक्ति बनाउन तालिम आयोजना गरिएको देवदह नगरपालिकाका कार्यबाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङले बताउनुभयो । न्याय नपाएर पीडित भएका नागरिकलाई  सहज रुपमा न्याय दिलाउनका लागि मेलमिलापकर्ताको भूमिका महत्वपुर्ण हुने का. नगर प्रमुख गुरुङको भनाई थियो।

कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरि प्रसाद पाण्डे, निमित्त प्रमुख प्रशासकीय अधिकृत लेखा अधिकृत निरज पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। ८ दिन सम्म संचालन हुने तालिमको सहजीकरण अधिबक्ता हेमा न्यौपाने र सिताराम अधिकारीले गर्नुभएको छ। तालिममा ३४ जना मेलमिलापकर्ता सहभागी छन् ।

उद्घाटन कार्यक्रम कार्यबाहक नगर प्रमुख, न्यायीक समिति संयोजक विद्या लक्ष्मी गुरुङको अध्यक्षता, न्यायीक समिति सदस्य कुन्ता खाम्चाको स्वागत र गङ्गा पन्थीको संचालनमा सम्पन्न भएको थियो।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने