देवदहमा मानव अधिकार, बाल अधिकार र हिंसा सम्बन्धि चारदिने अभिमुखिकरण तालिम सुरु

देवदह । रुपन्देहीको देवदहमा  मानव अधिकार, बाल अधिकार र हिंसा सम्बन्धि चारदिने अभिमुखिकरण तालिम आज बाट सुरु भएको छ । उक्त तालिम सोइया महिला स्वावलम्बी संस्थाको आयोजना र गल्स फर्स्ट फण्ड नेपालको सहयोगमा तालिम सुरु भएको हो ।

बिज्ञापन

तालिम देवदह ४, सिंगाहा स्थित सोइया  महिला स्वावलम्बी संस्थाको सभाहलमा भएको थियो । शुक्रबार देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईंले तालिमको उद्घाटन गर्नु गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाले आफ्नो सुरक्षा आफैले गर्न मनोवल उच्च राख्नु पर्ने बताउनुभएको थियो । उहाले सुरक्षाको अनुभूति स्वयम्वाट सिर्जना गर्नुपर्ने औल्याउनु भएको थियो । साथै उहाले बाल विवाह अन्त्य गर्न आफू र आफ्नो वडाबाट जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउनु भएको थियो ।

त्यस्तै प्रगती मा.बि का प्रधानाध्यापक हुम प्रसाद पाठकले संस्थाको बारेमा यसले गरेका कार्यहरुको चर्चा गर्दै अभिमुखिकरण तालिमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त तालिममा ३० जना प्रशिक्षार्थीको सहभागीता रहेको थियो । तालिमको सहजीकरण प्रशिक्षक नवराज थापा क्षेत्रीले गर्नु भएको थियो ।

बिज्ञापन

कार्यक्रम संस्थाको अध्यक्ष मिरा भुजेलको अध्यक्षता र संस्थाको कर्मचारी एलिना हमालको संचालनमा भएको थियो ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन