देवदहमा महिला प्रजनन् स्वास्थ्य सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिज्ञापन

रुपन्देहीको देवदहमा महिला प्रजनन् स्वास्थ्य सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समान सहभागिता र सशक्तीकरणका लागि महिलामा लगानी सभ्य समाजको थालनी मूल नाराका साथ नेकपा एमालेका भातृ संगठन अखिल नेपाल महिला संघ देवदह नगर कमिटीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

बिज्ञापन

पछिल्लो समय पाठेघर र स्तन क्यान्सरबाट महिलाहरुको मृत्यु भईरहेको भन्दै सचेतना अभिबृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको संघले जनाएको छ । सो अवसरमा बोल्ने वक्ताहरुले रोग लुकाउन नहुने बताउँदै समयमै उपचार गरे ठिक हुनेमा जोड दिएका थिए । उनीहरुले स्वास्थ्य नै मानिसको ठूलो धन भएकोले स्वास्थ्यलाई प्राथमिकता दिनु पर्ने बताएका थिए । उनीहरुले मुलुकको निकासको लागि आगामी निर्वाचनमा नेकपा एमालेलाई बहुमत दिलाउने गरी लाग्न आग्रह गरेका थिए । उनीहरुले पार्टीका भातृ संगठनले संगठन विस्तारलाई प्राथमिकता दिनु पर्ने बताउँदै महिलाहरुको अधिकार स्थापित गर्ने गरी लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रमका वक्ताहरुले समाज र देशको विकासको लागि स्वास्थ्य रहन आवश्यक रहेको बताउँदै राज्यको हरेक क्षेत्रमा समान सहभागिता आवश्यक रहेको आंैल्याएका थिए ।

अखिल नेपाल महिला संघ देवदह नगर कमिटीका अध्यक्ष गीता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संघका प्रदेश सहईन्चार्ज तथा स्थायी कमिटी सदस्य जानकी न्यौपाने, नेकपा एमालेका अनुशासन आयोगका सदस्य डा. कृष्णप्रसाद न्यौपाने, लुम्बिनी प्रदेश कमिटीका सदस्य विद्यालक्ष्मी गुरुङ्ग, नेकपा एमाले रुपन्देहीका सचिवालय सदस्य प्रकाश अर्याल लगायतले आ–आफ्नो भनाई राख्नु भएको थियो । देवदहका १२ वटै वडाबाट महिलाहरुको सहभागिता रहेको कार्यक्रमको देवदह मेडिकल कलेजका स्त्रीरोग विशेषज्ञ डा. अरुणा पोखरेलले महिलाहरुको स्वास्थ्यको बारेमा जानकारी दिनु भएको थियो । संघका नगर कमिटीका उपाध्यक्ष फुलमाया श्रीषको स्वागत र सचिव गीता पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

बिज्ञापन

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै