देवदहमा बजार अनुगमन : म्याद गुज्रिएका खाद्य सामाग्री बरामद

देवदह । देवदह नगरपालिकाले आइतबार खैरेनी बजार क्षेत्रको अनुगमन गरेको छ । अखाद्य बस्तुहरु बिक्री वितरण हुन नदिन, शुद्धतामा ध्यान दिन तथा बजार मूल्यमा एकरुपता कायम गर्नका लागि देवदह खैरेनीका खाजा नास्ता, मासु पसल, किराना दुग्धजन्य डेरी,पसलहरुको अनुगमन गरिएको हो ।

देवदह नगरपालिका बजार अनुगमन समितिका संयोजक वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बजारलाई सुब्यवस्थित बनाउनुका साथै उपभोक्ताहरुलाई गुणस्तरीय बस्तु उपलब्ध गराउनका लागि नगरपालिकाले नियमित बजार अनुगमन गर्ने कार्य अन्तर्गत आइतबार खैरेनी बजार क्षेत्रको अनुगमन गरिएको बताउनुभयो ।

अनुगमनका क्रममा पसलहरु नगरपालिकामा दर्तानै नगरी संचालन गरिएको पाइएको छ। बजार क्षेत्रमा रहेका खाजा नास्ता पसल, कस्मेटिक्स, मासु पसलहरु विना दर्ता संचालनमा आएको पाइएको हो।

“अधिकांश पसलहरु दर्ता नगरेको पाइयो, दर्ता भएकाहरु समेत लामो समयदेखि नविकरणनै नगरी संचालन गरेको पाइएको छ, यथाशीघ्र प्रक्रिया पूरा गरी दर्ता गर्न र नविकरण नभएका पसलहरु नविकरण गर्न निर्देशन दिएको छ” वडा अध्यक्ष अधिकारीले भन्नुभयो।

त्यस्तै पसलहरुमा म्याद गुज्रिएको खाद्य सामाग्री समेत भेटिएको छ।देवदह-५ मा रहेको पौडेल जनरल स्टोर्सबाट १७ प्याकेट अजिना मटर, नुन १० प्याकेट र सापकोटा स्टोर्सबाट १० प्याकेट रोयल केक र पार्लेजी बिस्कुट बरामद गरि नष्ट गरिएको छ।

अखाद्य बस्तुहरुको बिक्री वितरण रोक्दै स्वच्छ र सफा खानेकुराको प्रयोग गर्न गराउन, मूल्य सूचि राख्न तथा नगरपालिकामा पसल दर्ता गर्नका लागि ब्यवसायीहरुलाई सचेत गराईएको संयोजक अधिकारीले बताउनुभयो ।

बजार अनुगमनमा संयोजक अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीका खाद्य निरीक्षण अधिकारी विश्वास प्रसाद पौडेल, नगर स्तरीय अनुगमन समिति, नेपाल प्रहरी, नगर प्रहरी, पत्रकार लगायतको उपस्थितिमा अनुगमन गरिएको हो।

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते