देवदहमा बजार अनुगमनलाई तीव्रता

बिज्ञापन

देवदह // चाडपर्वसँगै देवदह नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ। स्थानीय किराना पसल, होटल र बेकरी पसलमा बजार अनुगमन समितिका संयोजक कृष्ण प्रसाद अधिकारीको नेतृत्वले बजार अनुगमन गरेको हो।

बिज्ञापन

अनुगमन टोलीले पालिकाभित्र रहेको पसलहरुमा दर्ता गरे/नगरेको सामानको गुणस्तर, उत्पादन मितिको जाँच गरेको थियो। दर्ता नभएको पसलहरुलाई दर्ता गर्न आग्रह समेत गरेको अनुगमन समितिका संयोजक कृष्ण अधिकारीले बताउनुभयो। अनुगमन निरन्तर चलिरहने र नियमविपरीत चलाइएका पसल सबैलाई कारबाहीको दायरमा ल्याउने अधिकारीले बताउनुभयो।

खाद्यन्न पसलको अनुगमन गर्दा उपभोग्य मिति सकिएका तथा लेवल नभएका बिस्कुट, मसला, प्राउन, दालमोट, सुजि, घिउ, बेकरी आईटम संगै करिब ८० लिटर मदिरा जन्य प्रदार्थ लगायतका सामाग्री जफत गरी नष्ट गरिएको देवदह नगरपालिकाका प्रशासकीय अधिकृत एवं बजार अनुगमन समितिका सदस्य सचिव गंगा प्रसाद पन्थीले बताउनु भयो।

बिज्ञापन

बजार अनुगमनमा अनुगमन समितिका संयोजक तथा सदस्यहरु, नगर प्रहरी, देवदह प्रहरी कार्यालयका प्रतिनिधि, संचारकर्मी, कर्मचारी लगायतको सहभागिता रहेको थियो।

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै