देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ फुटबल प्रतियोगिता हुने, प्रथम पुरस्कार ५१ हजार १११

बिज्ञापन

रुपन्देही // रुपन्देहीको देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ फुटबल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्य र स्वस्थ पत्रकारिताका लागि खेलकुद’-भन्ने मूल नाराका साथ देवदह प्रेस क्लबले यही मंसिर १५ गतेदेखि विभिन्न सञ्चारगृह तथा पत्रकारसम्बद्ध संस्थाहरुका बीच मैत्रीपूर्ण ‘सेभेन-ए साइड’ फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

बिज्ञापन

लुम्बिनी प्रदेशका विभिन्न मिडीया हाउसमा कार्यरत सञ्चारकर्मीहरु बीच मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्ने उद्देश्यसहित उक्त प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार १११ रुपैयाँ राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप विजेता टिमले नगद ३१ हजार १११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। देवदह–५ पानबारी खेलमैदानमा मंसिर १५ देखि १७ गतेसम्म हुने नकआउट फुटबल प्रतियोगितामा डेढ दर्जन बढी समूहको सहभागिता रहने आयोजकको दाबी छ ।

हालसम्मकै ठूलो पुरस्कार राशीस दाबी गरिएको मिडीया कपले पत्रकारको स्वास्थ्यसँगै स्वस्थ पत्रकारिताको लागि योगदान पुर्याउने मूल आयोजक समितिका संयोजक तथा देवदह मिडीया क्लबका अध्यक्ष विष्णु पोखरेलले दाबी गरे । १२ लाख बढी खर्च अनुमान गरिएको प्रतियोगिता सम्पन्न गर्नका लागि देवदह नगरापलिकासहित विभिन्न निजी तथा व्यवसायीक कम्पनीहरुसँग सहकार्य गरिने उनले बताए ।

बिज्ञापन

प्रतियोगितामा टिम दर्ताको लागि सञ्चारकर्मी आबद्ध सञ्चारसंस्थाको अनुरोध पत्रको सक्कलप्रति र पत्रकारको परिचयपत्रको प्रतिलिपी अनिवार्य हुनुपर्ने, प्रदेश बाहिर रहेका क्रियाशील पत्रकार एवं सञ्चारकर्मीलाई सहभागी नगराईने यद्यपि त्यस्ताप्रकारका खेलाडी सहभागी भएको उजुरी परेमा उक्त टिमको दर्ता खारेज गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्बद्ध साझा संस्था नेपाल पत्रकार महासंघ, छाता संगठनहरु फोनिज, चलचित्र, शिक्षा, स्वास्थ्य, दलित, पर्यटन संसदीय मामिला आदि आधिकारिक दर्ता भएर जिल्लाभित्र विभिन्न पालिकामा क्रियाशील प्रेस संस्थागत टिमहरुलाई दर्ता गरिने बताईएको छ ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व