देवदहमा प्रथम मिडिया कप फुटवल प्रतियोगिता सुरु

रुपन्देही // रुपन्देहीको देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ फुटबल प्रतियोगिता सुरु भएको छ। ‘स्वास्थ्य र स्वस्थ पत्रकारिताका लागि खेलकुद’-भन्ने मूल नाराका साथ देवदह प्रेस क्लबको आयोजनामा शुक्रबार देखि प्रतियोगिता सुरु भएको हो। देवदह  ५ , पानबारिको खेल मैदानमा हुने प्रतियोगितामा कुल १२ ओटा टिमले भाग लिएका छन्।

देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाको नगर प्रमुख ध्रुव प्रसाद खरेलले खेलकुदको माध्यमबाट देवदहलाई पर्यटकिय क्षेत्रको रुपमा प्रवद्र्धन गर्न, पालिकालाई खेलमैत्री नगर बनाउन यस खेलले सहयोग गर्ने बताउनुभयो। उहाले खेलकुद विकासको लागि नगर खेलकुद समिति निर्माण गरि खेलकुदका गतिविधिलाई अगाडि बढाउने समेत बताउनुभयो।

कार्यक्रममा देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङ, लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराई, पत्रकार महासंघ रुपन्देहीका महासचिव विक्रम खड्का लगाएतले आ-आफ्नो भनाई राख्नुभएको थियो।

प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार १११ रुपैयाँ राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप विजेता टिमले नगद ३१ हजार १११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

कार्यक्रममा देवदह नगरपालिका वडा नं ६ का वडा अध्यक्ष खेम बहादुर थापा, देवदह नगरपालिका वडा नं १० का वडा अध्यक्ष एक बहादुर सुनार, जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका नेता, विभिन्न संघ संस्थाका प्रतिनिधि लगाएत स्थानिय वासिको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन देवदह प्रेस क्लबको उपाध्यक्ष कमला अर्यालले गर्नु भएको थियो।

उद्घाटन खेल

शुक्रबार सम्पन्न पहिलो खेलमा दैनिक पत्रले देवदह प्रेस क्लबलाई ३-१ को अन्तरले पराजित गरेको छ। दैनिक पत्रका जर्सी नं ८ ले ३ गोल गरेका थिए भने देवदह प्रेस क्लब (निलो) जर्सी नं ११ का नविन लुउटेलले १ गोल गरेका थिए।

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते