देवदहमा पर्यटन दिवसको अवरमा अन्तरक्रिया

बिज्ञापन

देवदह । पर्यटन प्रबर्द्धनमा सरकारले ध्यान दिन नसक्दा देवदह पर्यटकीय क्षेत्रको रुपमा विकास हुन नसकेको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

बिज्ञापन

उनीहरुले देवदहमा पर्यटनका धेरै संभावना रहेपनि राज्यले पहल नगर्दा पर्यटकीय क्षेत्रको रुपमा विकास हुन नसकेको बताएका छन् । विश्व पर्यटन दिवसको अवसरमा लुम्विनी पाना मिडियाले आयोजित पर्यटन प्रवद्र्धनका लागि के गर्ने विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।

कार्यक्रममा बोल्ने वक्ताहरुले देवदह भगवान गौतम बुद्धको मावली भएकाले यस क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको संरक्षण, सम्वद्र्धन संगै प्रवद्र्धन गर्न आवश्यक रहेको औल्याएका थिए । उनीहरुले देवदहलाई कृषि संगै धार्मिक पर्यटकीयको रुपमा अगाडि बढाउन सके यस क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउन सकिनेमा जोड दिएका थिए ।

बिज्ञापन

उनीहरुले देवदहलाई पर्यटकीय हवको रुपमा विकास गर्न स्थानीय तहले दीर्घकालिन योजना बनाउन आवश्यक रहेको बताउदै पर्यटकीय पुर्वाधार विकास गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले देवदहमा आउने आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउन आधार तयार गर्नुपर्ने बताएका थिए ।

सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाले योजना अगाडि सारेको बताउनु भयो । उहाले पर्यटन प्रवद्र्धनको लागि नगरपालिकाले गुरुयोजना निर्माण गरेपनि सोही अनुसार काम गर्न नसकेको स्वीकार गर्नु भयो ।

उहाँले नगरपालिकामा रहेका जनप्रतिनिधिहरु वीच एकरुपता हुन नसक्दा देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न चुकेको बताउनु भयो । उहाले नगरपालिका देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको लुम्विनी विकास कोष संग सहकार्य गरेर उत्खनन् गरेपनि प्राप्त बजेट बजेट नहुदा सोचे जस्तो काम गर्न नसकेको बताउनु भयो ।

उहाँले स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्न सके देवदहमा पर्यटन भित्रयाउन सकिने बताउँदै त्यसको लागि सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । लुम्बिनी पाना मिडियाका प्रधान सम्पादक लालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका गुनाखर भुर्तेल, बौद्ध दर्शनका बिज्ञता प्रकाश अर्याल, देवदह आर्दश बहुमुखी क्याम्पस प्रमुख जयकिशन अधिकारी, देवदह प्रेस क्लवका अध्यक्ष विष्णु पोखरेल, सञ्चारकर्मी तिलोचन दाहाल, योग प्रशिक्षकद्धय सरस्वती पोखरेल, नमकान्त पाण्डे, सहकारी अभियन्ता प्रमोद खनाल, बुद्ध सामुदायिक वनका अध्यक्ष टेकबहादुर राना, साहित्यकार यज्ञप्रसाद न्यौपाने लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा बरिष्ठ सञ्चारकर्मी यम रानाले सहजीकरण गर्नु भएको थियो । लुम्बिनी पाना मिडियाका कार्यकारी सम्पादक निर्मल थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

देवदहमा लायन्स क्लबको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भैरहवामा सडक खाना महोत्सवको रौनक

देवदहमा सञ्चालनमा आयो इन्टेक लाउन्जबार एण्ड होटल

प्रथम बुद्ध मावली क्रिकेट कप ; दोश्रो दिनको खेलमा टटेरा ब्वाईज विजयी

बुद्ध पब्लिकका विद्यार्थी अन्तराष्ट्रिय कराते प्रतियोगिताका लागि भारतको पश्चिम बङ्गाल प्रस्थान

कपिलवस्तुमा उद्घाटन भयाे डायलाइसिस सेन्टर

देवदहमा प्रथम बुद्ध मावली क्रिकेट कप-२०८१ सुरु

कोलिय देवदह साकोस- तारापुञ्ज, देउराली र शंकरपुर सेवा केन्द्रको वार्षिक साधारण सभा सम्पन्न