सुनवल ८ रामपुरमा नि:शुल्क मधुमेह तथा रक्तचाप परिक्षण कार्य सम्पन्न

बिज्ञापन

सुनवल // कोलिय देवदह साकोसको व्यवस्थापन र लायन्स क्लब अफ देवदहको विशेष सहयोगमा नि:शुल्क मधुमेह तथा रक्तचाप परिक्षण कार्य सम्पन्न भएको छ ।

बिज्ञापन

कोलिय देवदह साकोसको १७ औं साधारण सभाको अवसरमा सुनवल नगरपालिका ८ रामपुर सेवाकेन्द्रको वैरागनाथ मन्दिर परिसरमा भएको कार्यक्रममा ५ सय ९३ जनाले स्वास्थ्य परिक्षण गराएको लायन्स क्लब अफ देवदहका अध्यक्ष विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो।

हामी सेवा गर्छौं भन्ने मूलमन्त्रका साथ मानवीय सेवामा लायन्सहरू निरन्तर लागिरहने लायन्स क्लब अफ देवदहका पूर्व अध्यक्ष तथा जोन १८ का जोन चियर पर्सन लायन रामबहादुर गुरूङले बताउनु भयो । क्लबका अध्यक्ष विष्णु प्रसाद ज्ञवालीको अध्यक्षता , स्वास्थ्य विभाग प्रमुख जस बहादुर पुनको संयोजकत्व, सह सचिव देबु भट्टराईको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा लायन्स क्लब अफ देवदहका बोधराज गौडेल, कोलिय साकोसका दुर्गादत्त कँडेल, कोलिय साकोसका व्यवस्थापक बिनोद पराजुली लगायतले लायन्सले गरेको मानवीय सेवाको समाजले उच्च मूल्याङ्कन गरेको बताउनु भएको थियो ।

बिज्ञापन

सम्बन्धित खवर

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको अध्यक्षमा बिजय अमगाई

एमाले प्रतिनिधि परिषद् बैठकमा प्रविधिको उच्च प्रयोग, सबै दस्तावेज एपबाट हेर्न सकिने

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ को मृत्यु, दुलहासहित ५२ जना घाइते

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले युएईसँग खेल्दै

ऐतिहासिक जितगढीः बुटवलको गौरव

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज : नेपाल यूएईसँग खेल्दै

आईपीएल क्रिकेटमा मुम्बईले पञ्जाबलाई ९ रनले हरायो