देवदहमा दोश्रो मिडिया फेस्टिबल सुरु

देवदह । रुपन्देहीको देवदहमा दोश्रो मिडिया फेस्टिबल सुरु भएको छ।  देवदह प्रेस क्लबको आयोजनामा दवदह नगरपालिका वडा नम्बर -६ सरहनबारीमा दोस्रो मिडिया फेस्टिबल सुरु भएको हो।

कार्यक्रमको औचित्य माथी प्रकाश पर्दै संस्थाका अध्यक्ष विष्णु प्रसाद पोखरेलले आघिल्लो बर्ष प्रथम मिडिया फेस्टिबल मकै विशेष आयोजना गरिएको र यस पटक कृषि र पर्यटनको सम्भावना बोकेको सरहन बारीमा दोश्रो मिडिया महोत्सव आयोजना गरेको बताउनु भयो । आगामी बर्षहरुमा पनि बैचारिक बहस गर्ने खाल्का कार्यक्रमहरु आयोजना गर्ने बताउनु भयो ।

फेस्टिबलमा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले देवदहमा यस्ता खालका बैचारिक बहस हुनु सकारात्मक रहेको बताउनुभयो। नगर प्रमुख खरेलले नगरपालिकाले पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो। कृषि र पर्यटन प्रबर्द्धनका लागी मिडिया क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकोले मिडिया क्षेत्र सङ्ग सहकार्य गरेर अगाडि बढ्ने नगर प्रमुख खरेलले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्दिचरण भट्टराई, देवदह नगरपालिकाका पूर्व नगर प्रमुख हिरा बहादुर खत्री, देवदह नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष खेम बहादुर थापा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, नेपाली काङ्ग्रेसका नगर सभापति गुनाखर भूर्तेल लगायतले बोल्दै मिडिया क्षेत्र समाज रुपान्तरणको सम्बाहक भएको बताउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

फेस्टिभलमा पहिलो दिनको पहिलो सेसनमा विकासको बाटोमा देवदह : कहाँ पुग्यो, त्यसै गरि दोस्रो सेशन “नेपाली मिडिया : बढ्दो आर्थिक संकट, घट्दो विश्वसनीयता” सम्बन्धि विषयमा नेता तथा विश्लेषकहरूसँग प्यानल छलफल भएको थियो ।

सोही अवसरमा अग्रज पत्रकार सम्मानबाट भिम प्रसाद गुरुङ, निर्मल ढुङ्गाना, कमल प्रसाद न्यौपाने, रमेश पोखरेल, लक्ष्मण न्यौपाने र योगदान पत्रकार पुरस्कारबाट शान्ति विक, बिष्णु ज्ञवाली, मोहन ठाकुर, देवराज गुरुङ, सिबि सुनारी र मनमाया थापालाई सम्मान गरिएको थियो।

फेस्टिबलको दोस्रो दिन “सरहनको सिमी : उत्पादन र बजारीकरण”,  “आध्यात्मिक पर्यटन र बृहतर लुम्बिनी”, “आम सन्तुष्टि र लोकप्रियतावाद गरी ३ वटा सेशनमा नेपालको राजनीतिमा चर्चित नेताहरू मीन बहादुर विश्वकर्मा, रामकुमारी झाक्री, मनिष झाको उपस्थितिमा प्यानल डिस्कसन हुने संस्थाका सचीव निर्मल थापाले जानकारी दिनुभयो।

वि.सं. २०७८ मा स्थापना भएको देवदह प्रेस क्लबले पत्रकारिता तालिम, प्रथम देवदह मिडिया फेस्टिभल, प्रथम देवदह मिडिया कप, पर्यटन प्रवर्द्धनका लागि पत्रकार पदयात्रा, देवदह सञ्चार डाइरेक्टरी प्रकाशनजस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

सम्बन्धित खवर

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त