देवदहमा तिजकाे दर खाएका ३१ जना बिरामी

रूपन्देहीकाे देवदह ६ स्थित साहरा आमा समूहले भदौ ६ गते तिजको दर खाने कार्यक्रममा सहभागी भएका अधिकांश बिरामी परेका छन ।  तिजको दर खाने खाने कार्यक्रममा ३५ जना सहभागी भएक थिए ।

दिनभर दर खाने कार्यक्रम सङ्गै तिज गितका भाखाहरुमा आमा समूहका महिलाहरू नाचगानमा गर्दै दर खाने कार्यक्रम सकेर घर गएका ३५ जना मध्य ३१ जना विरामि परेका हुन ।

विरामि भएका मध्य १७ जना देवदह ५ स्थित अनिता मेडिकल हलमा उपचाररत छन् ।

त्यस्तै ४ जना देवदह मेडिकल कलेज र ४ जनाको श्री कृष्ण पोलिक्लिनिकमा उपचार भैरहेको देवदह नगरपालिका ६ का वडा अध्यक्ष खेम बहादुर थापा मगरले जानकारी दिए।

६ गते साँझदेखि बिरामी परेका उनीहरूमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने लगायतका स्वास्थ्य समस्या देखिएको अध्यक्ष थापा मगरले जानकारी दिए।

बिरामी भएका मध्य ४ जना पुरुष र २७ जना महिला रहेका छन् । बिरामी भएका सबैलाई १०२ देखि १०४ सम्म ज्वरो आएको छ।

 

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने