देवदहमा जारी तेश्रो अन्तर वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता: क्वाटर फाईनलका खेलहरु सम्पन्न

बिज्ञापन

देवदह । देवदहमा आयोजित तेश्रो मेयर रनिङ्ग कप वडास्तरीय फुटवल प्रतियोगिता अन्र्तगत क्वाटर फाईनलका खेलहरु सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत भएको क्याटर फाईनल खेलमा देवदह नगरपालिका–१२ र देवदह–३ विजयी हुदै सेमिफाईनलमा प्रवेश गरेको छ ।

बिज्ञापन

पहिलो क्यावटर फाईनलमा वडा नम्वर १० लाई हराउदै वडा नम्वर १२ सेमिफाईनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा सून्यका विरुद्ध १ गोल गर्दै वडा नम्वर १२ विजयी भएको हो । खेलमा वडा नम्वर १२ का जर्सी नम्वर ११ का खेलाडी सन्दिप सुस्लिङ्गले गरेको गोल नै निर्णयक हुन पुग्यो । प्रतियोगिता अन्र्तगतको सेमिफाईनल खेलमा वडा नम्वर ७ संग प्रतिस्पर्धा हुने नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेले जानकारी दिनु भयो ।

यसैगरी दोश्रो खेलमा वडा नम्वर ३ सेमिफाईनलमा प्रवेश गरेको छ । खेलमा वडा नम्वर ४ लाई हराउदै वडा नम्वर ३ सेमिफाईनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाम सम्म बरावरी रहेकोमा दोश्रो हाफको १० औं मिनेटमा वडा नम्वर ३ जर्सी नम्वर ९ का खेलाडी सुमन मसराङ्गीले प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

बिज्ञापन

देवदह नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताका विजेताले नगद ५१ हजार, उपविजेताले नगद ३१ हजार, ट्रफी प्राप्त गर्ने संयोजक कमल पाण्डेले जानकारी दिनु भयो ।

सम्बन्धित खवर

बंगलादेशसँग नेपाल २१ रनले पराजित

सामाजिक सेवा समूह देवदह प्यानलको अध्यक्षमा सुरेश सुनार चयन

देवदहमा निबन्ध लेखन, हाजिरी जवाफ र हस्तलेखन प्रतियोगिता

नमुना एभरग्रिनमा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न 

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ