देवदह। रुपन्देहीको देवदहमा, देवदह नगरपालिकाले चाडवाड मनाउने सन्दर्भमा विभिन्न स्टेज कार्यक्रम गर्न रोक लगाएको छ। कार्यालयले सोमबार सुचना जारी गरि कोरोना भाइरस महामारीका कारण विभिन्न स्टेज कार्यक्रम आयोजना नगर्न भनेको हो।
प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासेद्वारा जारी सूचनामा विजयादशमीको अवसरमा हुन सक्ने भिडभाड एवं विभिन्न स्टेज कार्यक्रमहरुले गर्दा थप संक्रमणको जोखिम बढ्न सक्ने हुँदा त्यस्ता कार्यहरु नगर्न आग्रह गरिएको छ।साथै, चाडपर्वका बेला स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि मनाउन सुचनामार्फत आग्रह गरिएको छ ।