देवदहमा गठबन्धनद्वारा चुनावी अभियानलाई तिव्रता

देवदह । देवदहमा मेयर र उपमेयर पदका लागि भएको गठबन्धले चुनावी अभियानलाई तिब्रता दिएको छ । गठबन्धनले आज देवदहको वडा नं ११ र १२ नं वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

घरदैलो कार्यक्रममा बोल्दै मेयर पदका उमेदवार हिराबहादुर खत्रीले नगरको समग्र विकासका लागि आफुहररुको गठबन्धनलाई जिताउन आग्रह गर्नु भयो । देशलाई समृद्ध तर्फ धकेल्न अहिले गठबन्धन केन्द्रमा गठबन्धन सरकार रहेकाले केन्द्रको निर्देशन अनुसार आफुहरु पनि गठबन्धनमा भएको बताउदै आफुसंग संगै गठबन्धनका उपमेयर पदका उमेदवार सुन्दरि गरीलाई पनि भोट दिएर जिताउन मेयर पदका उमेदवार खत्रीले आग्रह गर्नु भयो ।

नेता खत्रीले देवदहलाई कृषि र पर्यटकीय स्थलका रुपमा अब्बल बनाउन विभिन्न योजनाहरु अगाडी सारिएको उल्लेख गर्नु भयो । देशमा भएका हरेक विकास र परिवर्तनहरु कांग्रेसकै सरकारको पालामा भएको र पछिल्लो समय देशमा आईपरेको हरेक समस्यामा नेपाली कांग्रेस र माओवादी केन्द्र लगाएतको गठबन्धनले देशलाई निकास दिएको भन्दै देशको विकास र निकासकालागि गठबन्धनको विकल्प नभएको उल्लेख गर्दै आफुहरुको गठबन्धनलाई मतदिएर जिताउन आग्रह गर्नु भएको थियो । नेपाली कांग्रेस सदैव आम नागरिकको पार्टी भएको र जनताको इच्छा र अनुसारनै काम गर्ने नेता खत्रीले बताउनु भयो ।

त्यस्तै उपमेयर पदका उमेदवार सुन्दरि गिरीले देशमा महिला, हरेक वर्ग र जातजातिले स्वतन्त्र भएर बाच्न, आफना हक अधिकार प्राप्त गर्न नेकपा माओवादी केन्द्रको सरकार आएपछि पाएको बताउदै आफुहरुलाई हरेक समयमा साथ दिने नेपाली कांग्रेसका उमेदवार र आफुलाई मतदान गर्न आग्रह गर्नु भयो । महिलाहरुको हकअधिकार र स्व्तन्त्रताको लागि आफु जनयुद्धमा होमिएको स्मरण गर्दै महिलाको हरेक समस्यालाई राम्रो संग बुझेको र आगामी महिला दिदीबहिनीहरुको भावना अनुरुप काम गर्ने नेतृ गिरीले उल्लेख गर्नु भयो । नगरको समग्र विकास गर्नका लागि र आफुहरुले लिएको प्रतिवद्धता पूरा गर्नका लागि गठबन्धनको जितको आवश्यकता भएकाले देवदहलाई समुन्नत नगर बनाउन आफनो गठबन्धनलाई भोट दिएर जिताउन उहाले आग्रह गर्नु भयो ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल