देवदहमा उद्घोषण तथा माईन्यूट लेखन तालिम सम्पन्न

बिज्ञापन

देवदह // रुपन्देहीको देवदह ३ मा उद्घोषण तथा माईन्युट लेखन तालिम सम्पन्न भएको छ । बोधि मिडिया प्रा.लि को आयोजना तथा देवदह नगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा आमा समूहको पदाधिकारी तथा सदस्यहरुलाई १ हप्ते माईन्युट लेखन तथा उद्घोषण तालिम सम्पन्न भएको हो ।

बिज्ञापन

कार्यक्रमका प्रमुख अतिथी देवदह नगरपालिका वडा नं ३ का वडा अध्यक्ष यज्ञ अर्यालले तालिमको उद्घाटन गर्दै सामाजिक राजनीतिक रुपमा अघि बढ्न तथा क्षमता वृद्धि गर्नका लागि यो तालिम महत्वपूर्ण रहेको बताउनुभयो । उहाले महिलाहरुलाई ससक्तिकरण गर्ने उदेश्यले तालिमको आयोजना गरिएको बताउदै महिलाहरु आत्मनिर्भर भए मात्रै समाज परिवर्तन हुने बताउनुभयो ।

बोधि मिडियाका अध्यक्ष मिन रानाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य टिकिसरा सुनार, प्रशिक्षक सोनु थापा, प्रशिक्षार्थीको तर्फबाट युमाया कामु, निर्मला जिसी, केशरी गैरे, पवित्रा न्यौपाने लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो। कार्यक्रम वडा सदस्य झम कुमारी थापाको स्वागत र निर्मल एस पी मगरको सञ्चालनमा सम्पन्न भएको थियो।

बिज्ञापन

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व