देवदहमा आँखा शिविर सम्पन्न : ३१५ जना लाभान्वित

सुरज भट्टराई, देवदह । रुपन्देहीको देवदहमा लायन्स क्लब अफ देवदहको आयोजनामा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।लायन्स क्लब अफ देवदहको आयोजना र लायन्स आँखा अस्पताल बुटवलको प्राबिधिक सहयोगमा देवदह नगरपालिका वडा नं. ५ स्थित लायन्स आँखा अस्पतालको प्रांगाणमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

शिविरमा ३ सय १५ भन्दा बढिले आँखा परिक्षण गरेका आयोजक संस्थाको अध्यक्ष विष्णु ज्ञवालीले जानकारी दिनुभयो । शिविरमा १८ जना मोतिबिन्दुको बिरामी भेटिएका थिए। उक्त शिविरमा मोतीयाबिन्दु भएका बिरामीहरू लाइ ल्याब चार्ज बाहेक अप्रेसन चार्ज नलाग्ने क्लबका अध्यक्ष ज्ञवालीले बताए ।

शिवरमा बोल्दै प्रमुख अतिथी रहनुभएको देवदह नगरपालिकाको नगर उप-प्रमुख विद्या लक्ष्मी गुरुङले यस क्लबले समाजमा प्रत्यक्ष रुपमा फाईदा हुने काम गर्दै आएको भन्दै प्रशंसा गर्नु भएको थियो । आँखा शरीरको  महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको हुदा यो शिविरले स्थानीयलाई फाईदा हुने बताउनुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ देवदहको अध्यक्ष विष्णु ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक जसु पुनको स्वागत र सचिब गणेश क्षेत्रीको सञ्चालनमा भएको थियो।

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते