देवदहमा अन्तर विद्यालय शिक्षक, कर्मचारी भलिवल प्रतियोगिता शुरु

देवदह । रुपन्देहीको देवदहमा अन्तर विद्यालय शिक्षक, कर्मचारी भलिवल प्रतियोगिता शुरु भएको छ । देवदह मदरटङ्गस एकेडेमीले आफनो २५ औं बार्षिकोत्सव तथा रजत महोत्सवको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको हो।

प्रतियोगितामा देवदह क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको एक कार्यक्रमका वीच प्याव्सन रुपन्देहीका सहसचिव बोधराज गौडेलले उद्घाटन गर्नु भएको हो । प्रतियोगिताको उद्घाटन गर्नै गौडेलले शिक्षाको विकासमा नीजि विद्यालयहरुको अह्म भूमिका रहेपनि नीजि क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण फरक रहेको बताउनु भयो । उहाले नीजि क्षेत्रले शिक्षामा गरेको लगानी राज्यले संरक्षण गर्नुपर्ने बताउदै सामुदायिक र संस्थागत विद्यालयलाई सम्मानजनक तरिकाले व्यवहार गर्नुपर्नेमा जोड दिनु भयो ।

विद्यालयका प्रवन्ध निर्देशक भिमप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह प्रेस क्लवका अध्यक्ष विष्णुप्रसाद पोखरेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । विद्यालयका प्रिन्सिपल रामबहादुर गुरुङ्गको स्वागत र सहायक प्रिन्सिपल यमलाल शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगिता अन्तर्गत भएको खेलमा सेभेनस्टार बोडिङ्ग स्कुल, देवदह मदरटङ्गस एकेडेमी, न्यू लुम्विनी बोडिङ्ग स्कुल, देवदह बोडिङ्ग स्कुल दोश्रो चरणमा प्रवेश गरेको विद्यालयले जनाएको छ ।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी