देवदह। रुपन्देहीमा दुईजनाको शव फेला परेको छ । शवको पहिचान हुन सकेको छैन।
मंगलबार दिउँसो एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव देवदह नगरपालिकाको घोडाहा जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा सारुले जानकारी दिनुभयो।
शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने प्रहरीको अनुमान छ।
उनीहरु आमाछोरी हुन सक्ने प्रहरीको अनुमान छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको हो।घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ