देवदहको खयरडाँडामा उत्खनन कार्य शुभारम्भ

देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ९ स्थित खयरडाँडा पुरातात्त्विक क्षेत्रमा उत्खनन कार्यको शुभारम्भ गरिएको छ । देवदह नगरपालिकाको आयोजना, लुम्बिनी विकास कोषको सह-आयोजना र पुरातत्व विभागको सहकार्यमा उत्खनन कार्यको शुभारम्भ भएको हो ।

यो दोस्रो चरणको उत्खनन हो । यस अघि अघिल्लो वर्ष जेठमा उत्खनन गरिएको थियो । उत्खननका क्रममा प्राचीन इनार, माटाको भाडो, पर्खाल जस्ता पुरातात्त्विक वस्तुहरु भेटिएको थियो।

अघिल्लो वर्ष १४ औं देखी १६ औं शताब्दी मध्यकालमा धार्मिक प्रयोजनका लागि निर्माण गरे जस्तो देखिने भग्नावशेष फेला परेको थियो । परिक्षण पस्चात आधिकारिकता पुष्टि हुने पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीले जानकारी दिनुभयो।

उत्खनन शुभारम्भ कार्यक्रममा देवदह नगरपालिका नगर प्रमुख ध्रुव प्रसाद खरेल, नगर उप-प्रमुख विद्या लक्ष्मी गुरुङ, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, जनप्रतिनिधि लगायत स्थानीहरुको उपस्थिति रहेको थियो ।

एक महिना भन्दा बढि समय चल्ने उत्खनन कार्यमा पुरातत्त्व बिभागका ६ जना टोलिको सहभागिता रहेको छ।उत्खननले खयरडाँडा क्षेत्रको बौद्ध इतिहास प्रमाणित गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

सम्बन्धित खवर

बुद्धका सन्देशलाई फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण