देउखुरीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दाङ । दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । राप्ती गाउँपालिका ४ श्रीनारायण चोकमा पूर्वबाट पश्चिम तर्फ आइरहेको लु.अ.अ.जे. ७००३ नम्बरको मिनी ट्रकको ठक्करबाट सोहि वडा खिनैटा निवासी करिब ५२ वर्षीय बोलु गिरीको मृत्यु भएको हो ।

आज विहान सवा ५ बजे गिरी मर्निङवाक गर्न सडकको छेउमा हिडिरहेका थिए । सोहि समयमा भालुवाङबाट लमही तर्फ आउँदै गरेको ट्रले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गिरीको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहाले जानकारी दिनुभयो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने