दुई वर्षे कार्ययोजना बनाउँदै सकियो रुपन्देही उद्योग संघको कार्ययोजना गोष्ठी

बिज्ञापन

बुटवल । रुपन्देही उद्योग संघले आगामी दुई वर्षमा गर्ने कार्ययोजना तयार गर्दै गोष्ठी सम्पन्न गरेकाे छ ।

बिज्ञापन

तीन दिन सम्म चितवनको सौराहमा आयोजना गरेको कार्ययोजना कार्यशाला गोष्ठी आगामी दुई वर्षमा गर्ने कार्ययोजना तयार गर्दै समापन गरेको छ ।

दीगो आर्थिक व्यवस्थापन, सम्बन्ध बिस्तार प्रभावकारी सेवा र प्रवद्र्धनका विषयमा विशेष योजना बनाउँदै संघले रणनीति बनाएको हो । संघमा नयाँ नेतृत्व आएपछि त्यो नेतृत्वले दुई वर्षे कार्ययोजना बनाउने योजना अनुरुप आगामी दुई वर्षको कार्ययोजना बनाउन पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारहरुसहिको तीन दिने कार्यशाला आयोजना गरिएको अध्यक्ष दिलिप सापकोटाले बताउनु भयो ।

बिज्ञापन

वहाँले अग्रज, संस्थापक उद्योगीहरुको उद्देश्यलाई ध्यान दिँदै संस्थाले आगामी कार्यकालमा पूरा गर्नसक्ने योजनालाई समेटेर मात्रै रणनीति तय गरेको र उद्योगीहरुले अपनत्व गर्नेगरी संघलाई अगाडि बढाइने जनाउनु भयाे ।

कार्ययोजना बैठकमा प्रशिक्षक इन्द्र श्रेष्ठले संस्थाको रणनीति र कार्ययोजनाका विषयमा सहजीकरण गर्नुभएकाे थियाे । कार्ययोजना समापन कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु महेन्द्रनारायण श्रेष्ठ, तेजकुमार पाठक, निवर्तमान अध्यक्ष माधव प्रसाद पौडेलले उद्योग संघको इतिहासलाई जोगाउने र उद्योगीको हित र संरक्षणलाई जोगाउँदै अगाडि बढ्न नयाँ नेतृत्वलाई आग्रह गर्नुभएकाे थियाे ।

कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुलीले तीन दिने कार्यशालाले संस्थाको आगामी योजना बनेको र सबैको साथमा त्यो योजना पूरा हुने बताउनु भयो ।
संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले संस्थाको श्राेत परिचालन, उद्योगीका समस्या पहिचान र संस्थागत विकासका योजनामा रणनीति तयार गरेको जानकारी दिनु भएको थियो ।
महासचिव हिरामणी भट्टराईले संचालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष जीवकान्त काफ्लेले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

 

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व