दुइ दिनमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १२९ पुग्यो, ६२ जना अझै बेपत्ता

बिज्ञापन

बुटवल । झरीपछिको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या १२९ पुगेको छ ।

बिज्ञापन

प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परेर ८६ जना घाइते र ६२ जना अझै बेपत्ता छन् ।

पृथ्वी राजमार्गअन्तर्गत झ्याप्ले खोला पहिरोबाट पुरिएका सवारीसाधनबाट हालसम्म ३५ वटा शव निकालिएको छ ।

बिज्ञापन

पछिल्लो पटक बसबाट ५ वटा शव निकालिएको छ । शनिबार साँझ १४ वटा र आइतबार बिहान १६ वटा शव निकालिएको थियो ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा १७ जना बेपत्ता भएकोमा अहिलेसम्म ५ जनाको शव फेला परेको र १२ जनाको खोजी कार्य भइरहेको छ ।

अविरल वर्षामा परेका ३ हजार २६६ जनाभन्दा बढीको उद्धार भइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी तथा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र प्रहरी परिचालन गरेर बाटो खुलाउने प्रयास भइरहेको छ ।
 हिजो र अस्तिको लगातारको झरीपछिको बाढीपहिरोले देशभरका ४८ वटा मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी बाममती प्रदेशका २५ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने दोस्रोमा लुम्बिनी प्रदेशका ८ वटा, कोशी प्रदेश र गण्डकी प्रदेशका ६-६ मुख्य राजमार्ग अवरुद्ध भएका छन् । यस्तै काठमाडौं उपत्यकाका ५ वटा र कर्णाली प्रदेशको एउटा मुख्य राजमार्ग अवरुद्ध भएको छ ।

प्रहरीले लामो यात्रामा निस्कनुअघि नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरीको कन्ट्रोल नम्बर १०० र ट्राफिक प्रहरीको कन्ट्रोल नम्बर १०३ मा सम्पर्क गरेर मात्रै निस्कन अनुरोध गरेको छ ।

सम्बन्धित खवर

जीप दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु

लुम्बिनी पानाको ‘पर्यटन विशेष विशेषाङ्क’ सार्वजनिक

प्रथम बुद्ध मावली क्रिकेट कप ; चुरे शिखर क्रिकेट क्लब दोश्रो चरण प्रवेश

प्रथम बुद्ध मावली क्रिकेट कप; टटेरा व्याईज र देवदह आदर्श विजयी

प्रथम बुद्ध मावली क्रिकेट कप; आयोजकलाई १४८ रनले हराउदै काठमाडौं क्यापिटलस् विजयी

हिमालयन लाईफ ईन्स्योरेन्सद्धारा बिमा रकम हस्तान्तरण

परिस्थितीलाई दोष दिएर सहकारीका समस्या समाधान नहुने : अध्यक्ष ढकाल

प्रथम बुद्ध मावली क्रिकेट कप ; तेश्रो दिनको खेलमा आयोजक र रोयल वारियर्स विजयी